टर्कीएको होटेलमा आगलागी : मृत्यु हुनेको सङ्ख्या ७६ पुग्यो « Khabarhub

टर्कीएको होटेलमा आगलागी : मृत्यु हुनेको सङ्ख्या ७६ पुग्यो


९ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – उत्तरपश्चिम टर्कीएको एउटा होटेलमा भीषण आगलागी हुँदा ७६ जनाको मृत्यु हुनुको साथै अन्य ५१ जना घाइते भएका छन् । 

टर्कीएका गृहमन्त्री अली येर्लिकायाले मारिनेमा धेरै बालबालिका रहेको बताए । अधिकारीहरूले अहिलेसम्म ५२ जनाको मृत्यु भएको पहिचान गरेका छन् ।

सीएनएनका अनुसार पीडितहरूमध्ये १० देखि ११ वर्षका धेरै बालबालिकाहरू थिए । घटनापछि गृहमन्त्रीले पत्रकारहरूलाई भने ,’हामी गहिरो पीडामा छौं । दुर्भाग्यवश यस होटेलमा भएको आगलागीमा हामीले ६६ जनाको ज्यान गुमाएका छौं ।’

टर्कीएका राष्ट्रपति रेसेप तैयप एर्दोगानले बुधबार शोकको दिन घोषणा गरे । 

‘यो एकताको दिन हो,’उनले सामाजिक सञ्जाल एक्समा उल्लेख गरे । उनले दोषी जो कोही भए कारबाही हुने समेत बताए।

टर्कीए सरकारले होटेलमा भएको घातक आगलागीको अनुसन्धान सुरु गरेको छ । न्याय मन्त्री यिलमाज टुन्च र आन्तरिक मन्त्री अली येर्लिकायाका अनुसार नौ जनालाई पक्राउ गरिएको बताए।

आगलागी हुँदा करिब २३४ जना पाहुना होटेलमा बसिरहेका थिए ।

प्रकाशित मिति : ९ माघ २०८१, बुधबार  ३ : ३२ बजे

लिग २ मा नेपाल क्यानडासँग २४ रनले पराजित

काठमाडौं- आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ प्रतियोगिताको शनिबार सम्पन्न खेलमा

नागरिकले विश्वास गर्ने राजनीति पार्टी बनाउँछु : सभापति थापा

ललितपुर- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई नागरिकको विश्वासको केन्द्रको

साइबर ब्युरोबाट छुटे किशोर श्रेष्ठ

काठमाडौं- शनिबार पक्राउ परेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठ केही

मङ्गल ग्रहको माटोबारे नयाँ अध्ययन, विस्तृत नक्सा तयार

सिड्नी- अस्ट्रेलियाका अनुसन्धानकर्ताहरूले मंगल ग्रहको माटोको पहिलो विस्तृत वर्गीकरण प्रणाली

हनुमानढोकाको दसैँघरमा भित्र्याइयो फूलपाती

काठमाडौं- प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने