सशस्त्र प्रहरी बलको भूमिका अग्रणी छ : मुख्यमन्त्री कार्की « Khabarhub

सशस्त्र प्रहरी बलको भूमिका अग्रणी छ : मुख्यमन्त्री कार्की


९ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

धरान – कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सशस्त्र प्रहरी बलको भूमिका अग्रणी रहेको बताएका छन्  । विपद् व्यवस्थापनमा सशस्त्र प्रहरीले गरेका काम सम्मानजनक रहेको उनको भनाइ छ ।

आज सशस्त्र प्रहरी बल नेपाल नः १ बराह बाहिनी मुख्यालय पकली सुनसरीद्वारा आयोजित २४औँ सशस्त्र प्रहरी दिवस २०८१ को समारोहलाई सम्बोधन गर्दै उनले सशस्त्र प्रहरी बललाई सीमालगायतका महत्त्वपूर्ण स्थानमा खटाउनु आजको आवश्यकता रहेको बताए। 

उनले भने, ‘खुल्ला सीमाका कारण नेपालको व्यापार, उद्योग, शिक्षा स्वास्थ्य क्षेत्रमा क्षति बेहोर्नुपरेको छ । पछिल्लो समय सशस्त्र प्रहरी बलले बोर्डर आउट पोष्टका क्षेत्रमा हुने चोरी डकैती जस्ता गतिविधिमा गरेको सुरक्षा जाँचले प्रदेशमा राजस्व संकलनमा वृद्धि भएको छ ।’

 सशस्त्र प्रहरीले राष्ट्र र नागरिकको सेवालाई सधैँ  प्राथमिकतामा राखेर कार्य सम्पादन गरिरहेको सशस्त्र प्रहरी बल नेपाल नः १ बराह बाहिनी मुख्यालय पकलीका सशस्त्र प्रहरी नायब महानिरीक्षक शम्भु सुवेदीले बताए । 

उनले भने, ‘सशस्त्र प्रहरी मुलुक र राष्ट्रको सेवा र समर्पण भावप्रति सधैँ अन्तरनिहित हुन जरुरी रहेकाले संगठनको नीति, निर्देशन प्राथमिकतामा राखी आफ्नो जिम्मेवारी पुरा गरिरहेको छ ।’ 

प्रकाशित मिति : ९ माघ २०८१, बुधबार  ७ : १३ बजे

फिफा विश्वकप : कंगोविरुद्ध पोर्चुगललाई सुरुवाती अग्रता

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आफ्नो पहिलो खेलमा पोर्चुगलले

चीन भ्रमण सकेर परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल चीनको चारदिने औपचारिक भ्रमण सम्पन्न

इरान-अमेरिका द्वन्द्वपछि युएईका एयरलाइन्सले घोषणा गरे विस्तारित यात्रा बीमा योजना

काठमाडौँ । मध्यपूर्वमा जारी द्वन्द्वको प्रभावपछि यात्रुलाई आकर्षित गर्न संयुक्त

तुइन खोलामा पहिरो, नारायणगढ-मुग्लिन सडक एकतर्फी अवरुद्ध

काठमाडौँ । नारायणगढ– मुग्लिन सडकखण्ड अन्ततर्गत तुइन खोलामा पहिरो खस्दा

सरकारलाई ‘पापड’को खबरदारी

काठमाडौं । शान्ति र लोकतन्त्रका लागि पेसागत सञ्जाल (पापड) ले