कर्णाली प्रदेशसभाले पायो विषयगत समितिका सभापति « Khabarhub

कर्णाली प्रदेशसभाले पायो विषयगत समितिका सभापति


९ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

सुर्खेत – कर्णाली प्रदेशसभामा रहेका तीन वटा विषयगत समितिको नेतृत्व सर्वसम्मत रूपमा चयन भएको छ । सार्वजनिक लेखासमितिको सभापतिमा प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)का प्रदेशसभा सदस्य विन्दमान विष्ट, सामाजिक विकास समितिको सभापतिमा सत्तारुढ दल नेपाली कांग्रेसका पूर्णबहादुर खत्री र अर्थ तथा प्राकृतिक स्रोत समितिको सभापतिमा नेकपा एमालेकी प्रदेशसभा सदस्य दक्षिणा कुमारी शाही चयन भएको छन् ।

प्रदेश मामिला समितिको सभापतिमा भने लामो समयदेखि एकीकृत समाजवादीबाट प्रदेशसभा सदस्य कल्याणी खड्का रहेका छन् । विषयगत समितिको नेतृत्व टुङ्गो लगाउन प्रदेशसभाले मङ्गलबार निर्वाचन कार्यतालिका सार्वजनिक गरेको थियो ।

सोही अनुसार आज उम्मेदवारको मनोनयन दर्ताको तालिका रहेकोमा तीन वटै समितिमा एक/एकजनाको मात्रै उम्मेदवारी परेको प्रदेशसभा सचिवालयका सूचना अधिकारी राजेन्द्र पौडेलले बताए ।

तीन प्रमुख राजनीतिक दलहरूको सहमति अनुसार सार्वजनिक लेखासमिति प्रमुख प्रतिपक्ष दलले लिएको छ । यसअघि एमालेका जीतबहादुर मल्ल समितिको सभापति थिए । लेखा समिति प्रतिपक्षलाई दिँदै आएको अभ्यास भएकाले उहाँले असोज १५ गते राजीनामा दिएका थिए ।

तत्कालीन समयमा माओवादी–एमाले गठबन्धन बनेपछि अर्थ तथा प्राकृतिक स्रोत समितिका सभापति रहेका दुर्गबहादुर रावत ०८१ वैशाख १८ मा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री बनेपछि समिति सभापतिविहीन बनेको थियो ।

सामाजिक विकास समितिका सभापति रहेका घनश्याम भण्डारी २०८१ साउन २० मा मन्त्री बनेपछि उक्त समिति सभापतिविहीन बनेको थियो ।

सदन नचलेका बेला सरकारलाई निर्देशन दिने, सरकारले गर्ने काम–कारबाहीमाथि निगरानी गर्ने, आवश्यक परे कारबाहीका लागि सिफारिस गर्ने लगायतका जिम्मेवारी रहेका समिति नेतृत्वविहीन हुँदा कतिपय विधेयक दुई वर्षदेखि समितिमा अड्किएका छन् । समितिले नेतृत्व पाएसँगै ती विधेयकका विषयमा छलफल अगाडि बढ्ने देखिएको छ ।

प्रकाशित मिति : ९ माघ २०८१, बुधबार  १० : २८ बजे

दीक्षित आमा भन्छन्- इच्छाशक्ति र परिवारको साथ मिले सफलताको ढोका बन्द हुँदैन

काठमाडौं– बच्चा हुर्काउँदै अध्ययनलाई निरन्तरता दिनु पक्कै पनि सामान्य होइन्

स्क्यान्डिनेभियातर्फ रूसी बमवर्षक उडान

एजेन्सी – रूसी आणविक–सक्षम बमवर्षक विमानहरूले स्क्यान्डिनेभियाको उत्तरतर्फ पर्ने नर्वेजियन

निर्वाचनको वातावरण बनाउनुपर्नेमा उपसभापति गुरुङको जोड

पाटन– नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले निर्वाचनको वातावरण बनाउनुपर्नेमा जोड

रुस–युक्रेन सङ्घर्ष र सन् २०२५ का कूटनीतिक प्रयासहरू

काठमाडौं– सन् २०२२ मा सुरु भएको रुस–युक्रेन युद्ध अब केवल

राजनीतिक दल र जेन-जीले दबाब दिएर सरकारलाई पेन्डुलमजस्तै बनाए : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दल र जेन-जीले दबाब दिएर