अमेरिकी एफबीआईको निर्देशकमा भारतीय मूलका काश पटेल नियुक्त  « Khabarhub

अमेरिकी एफबीआईको निर्देशकमा भारतीय मूलका काश पटेल नियुक्त 


१० फाल्गुन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


438
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतीय मूलका अमेरिकी नागरिक काश पटेललाई फेडरल ब्युरो अफ इन्भेस्टिगेशन (एफबीआई)को निर्देशकमा नियुक्त गरेका छन् ।

पटेलले हिन्दु धर्माबलम्बीहरूको ग्रन्थ गीतामा हात राखेर एफबीआईको निर्देशकका रूपमा शपथ ग्रहण गरेका छन् ।

पटेलले पदभार ग्रहणपछि भनेका छन्, ‘तपाईँ भारतको त्यो पहिलो पिँढीसँग कुरा गरिरहनुभएको छ कि जो विश्वको सबैभन्दा महान देशको ल इन्फोर्समेन्ट एजेन्सीको नेतृत्व गर्न गइरहेको छ । जुन संसारमा अन्य कुनै ठाउँमा हुँदैन । म प्रतिज्ञा गर्छु कि एफबीआई भित्र र बाहिर नागरिकलाई जवाफदेही बनाइने छ ।’

ट्रम्पका कट्टर समर्थक पटेलले अमेरिकी फेडरल ब्युरोमा अनेकौँ परिवर्तन गर्न सक्ने अनुमान गरिन लागेका छ । पटेल एफबीआई निर्देशकमा नियुक्त भएपछि राष्ट्रपति ट्रम्पले पटेलका प्रति एफबीआई एजेन्टहरूका मनमा रहेको सम्मानका कारण उनलाई निर्देशक पदमा नियुक्त गरिएको बताएका छन् ।।

‘उनी एक मजबुत र शक्तिशाली व्यक्ति हुन् । उनीसँग आफ्नै दृष्टिकोण छ,’ ट्रम्पले भनेका छन् । पटेलको शपथ ग्रहणपछि अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले सामाजिक सञ्जाल एक्समा लेखेको छ, हामीले एफबीआईका अखण्डता र न्याय फेरि स्थापित गरेका छौँ । अमेरिकालाई फेरि सुरक्षित गर्नु छ ।’

प्रकाशित मिति : १० फाल्गुन २०८१, शनिबार  १२ : ०७ बजे

सात लाख ३२ हजार नागरिक स्वास्थ्य बीमामा आबद्ध

सुदूरपश्चिम– सुदूरपश्चिममा सात लाख ३२ हजारभन्दा बढी नागरिक स्वास्थ्य बीमा

हेटौँडा–ढल्केबर ४०० केभी प्रसारण लाइनको काम तत्काल सक्न निर्देशन

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले हेटौँडा–ढल्केबर

कांग्रेस महाधिवेशनमा १८ नयाँ अभ्यास, युवादेखि ‘ल्याटरल इन्ट्री’सम्म

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन यसअघिका महाधिवेशनभन्दा केही पक्षमा फरक

जितिया पर्वको निराहार व्रत समापन

जनकपुर– सन्तानको दीर्घायु, सुस्वास्थ्य र समृद्धिको कामनासहित महिलाले मनाउने जितिया

तनहुँका दुई हजार पाँचसय बढी किशोरीलाई एचपीभी खोप

तनहुँ– तनहुँका दुई हजार ५४८ किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपिभी