‘धरान रन’को उपाधि केन्याली धावकलाई | Khabarhub Khabarhub

‘धरान रन’को उपाधि केन्याली धावकलाई


१० फाल्गुन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

धरान– केन्याली धावकद्वय विल्सन चियुलियोट र शरन जेरोटिसले ‘धरान रन’को उपाधि चुमेका छन् । शनिबार सम्पन्न १३औँ धरान १० किलोमिटर रनमा उनीहरूले उपाधि चुमेका  हुन् । 

दश किलोमिटर दौड चियुलियोटले ३० मिनेट ५५ सेकेण्डमा पूरा गरेभने जेरोटिसलाई उक्त दूरी पूरा गर्न ३८ मिनेट ४२ सेकेण्ड लागेको थियो । धावकद्वयलाई नगद ६० हजार पुरस्कार प्रदान गरिएको छ । 

पुरुषतर्फ जुलियस मार्युकीले ३१ मिनेट ८ सेकेण्डमा दौड पूरा गरेभने महिलातर्फ सुमित्रा कुमारी चौधरीले ३९ मिनेट २८ सेकेण्डमा दौड पूरा गरेर दोस्रो स्थान सुनिश्चित गरिन् । उनीहरूलाई पनि समान नगद ४० हजार पुरस्कार प्रदान गरिएको छ । 

धावक दुर्गा बुद्धले ३२ मिनेट ४४ सेकेण्ड र दिपा परियारले ३९ मिनेट ५९ सेकेण्डमा दौड पूरा गर्दै तेस्रो स्थान हासिल गरे । उनीहरूलाई नगद रु।३० हजार प्रदान गरिएको थियो ।

प्रतियोगितामा चार हजार धावक सहभागी थिए । 

प्रकाशित मिति : १० फाल्गुन २०८१, शनिबार  १ : ५६ बजे

सीमा तोकेर नागरिकलाई रोक्न खोज्नु निरङ्कुशता : लिङ्देन

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपाले आज

राजावादीसँग डराए शिक्षक, माइतीघरमा बिहानै भेला हुन आग्रह

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीले निषेधित क्षेत्र तोड्ने गरी आइतबार प्रदर्शनको

प्रिमियरसीपमा तेस्रो र चौथो स्थानका लागि तीव्र प्रतिस्पर्धा

काठमाडौं – म्यानचेस्टर सिटीले अर्को सिजनको च्याम्पियन्स लिग खेल्ने सम्भावना

विद्युत् सेवा पटकपटक अवरुद्ध हुँदा उपभोक्ता समस्यामा

खोटाङ– दश स्थानीय तह रहेको खोटाङमा ९६ प्रतिशत घरपरिवार उपभोक्ताले

गाउँका बूढापाकाले मात्र धानेका घुम्ती गोठ परम्परा

म्याग्दी- धवलागिरि गाउँपालिका–३ मुनाका ७१ वर्षीय खड्कमान पुनको दैनिकी घुम्ती