सिटौला समूहको भेला : संस्थापन पक्षका गतिविधि अघि बढाउने « Khabarhub

सिटौला समूहको भेला : संस्थापन पक्षका गतिविधि अघि बढाउने


१० फाल्गुन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसमा छुट्टै वैचारिक समूह चलाउँदै आएका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले आफूनिकट नेताहरूको भेला बोलाएका छन् । 

१४ औँ महाधिवेशनमा सभापति शेरबहादुर देउवालाई सघाएका नेता सिटौलाले शनिबार सिटौला निवास हात्तिगौँडामा आफूनिकट नेताहरूको भेला बोलाएका हुन् । 

भेलामा केन्द्रीय सदस्य शिवप्रसाद हुमागाईं, बागमती प्रदेशका मन्त्रीसमेत रहेका केन्द्रीय सदस्य कुन्दन काफ्ले, कोशी प्रदेशका मन्त्री भूपेन्द्र राई, पूर्व रक्षामन्त्री भिमसेनदाश प्रधान सहभागी थिए । 

यस्तै पार्टीका बागमती प्रदेश महामन्त्री राजु श्रेष्ठ, गण्डकी प्रदेश सांसद जीत शेरचन, तारकेश्वर नगरपालिकाका प्रमुख कृष्णहरि महर्जन पनि उक्त भेलामा उपस्थित थिए । 

भेलाले पार्टीको संस्थापन पक्षका राजनीतिक गतिविधिलाई प्रभावकारी ढंगले अघि बढाउने निष्कर्ष निकालेको बैठकमा सहभागी एक नेताले जानकारी दिएका छन् । नेता सिटौला सभापति देउवालाई सघाउँदै आएका ११ जना नेताहरूका साथ फागुन २ गते बूढानीलकण्ठ पुगेका थिए ।

प्रकाशित मिति : १० फाल्गुन २०८१, शनिबार  ४ : २१ बजे

एमाले बैठकमा ओलीको अनौठो ‘रूप’ : नेता भन्छन्, ‘इतिहासमै यस्तो देखिएको थिएन’

काठमाडौँ – छ महिनापछि सुरु भएको नेकपा एमाले केन्द्रीय कमिटी

यी भूभागमा मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

परराष्ट्रमन्त्री खनाल र भुटानका प्रधानमन्त्री छिरिङबीच भेटवार्ता: जलवायु परिवर्तनविरुद्ध सहकार्य गर्ने सहमति

न्युयोर्क – संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुने क्रममा अमेरिकाको

पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीका चार वटा अभ्यास खेल

कास्की – विश्व पर्यटन दिवसका अवसर पारेर भुटानको राष्ट्रिय क्रिकेट

एमाले केन्द्रीय कमिटीको दोस्रो दिन : आज मनोनयनसँगै केन्द्रीय सदस्यले धारणा राख्ने

काठमाडौँ- नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकको आज दोस्रो दिन