सिटौला समूहको भेला : संस्थापन पक्षका गतिविधि अघि बढाउने « Khabarhub

सिटौला समूहको भेला : संस्थापन पक्षका गतिविधि अघि बढाउने


१० फाल्गुन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसमा छुट्टै वैचारिक समूह चलाउँदै आएका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले आफूनिकट नेताहरूको भेला बोलाएका छन् । 

१४ औँ महाधिवेशनमा सभापति शेरबहादुर देउवालाई सघाएका नेता सिटौलाले शनिबार सिटौला निवास हात्तिगौँडामा आफूनिकट नेताहरूको भेला बोलाएका हुन् । 

भेलामा केन्द्रीय सदस्य शिवप्रसाद हुमागाईं, बागमती प्रदेशका मन्त्रीसमेत रहेका केन्द्रीय सदस्य कुन्दन काफ्ले, कोशी प्रदेशका मन्त्री भूपेन्द्र राई, पूर्व रक्षामन्त्री भिमसेनदाश प्रधान सहभागी थिए । 

यस्तै पार्टीका बागमती प्रदेश महामन्त्री राजु श्रेष्ठ, गण्डकी प्रदेश सांसद जीत शेरचन, तारकेश्वर नगरपालिकाका प्रमुख कृष्णहरि महर्जन पनि उक्त भेलामा उपस्थित थिए । 

भेलाले पार्टीको संस्थापन पक्षका राजनीतिक गतिविधिलाई प्रभावकारी ढंगले अघि बढाउने निष्कर्ष निकालेको बैठकमा सहभागी एक नेताले जानकारी दिएका छन् । नेता सिटौला सभापति देउवालाई सघाउँदै आएका ११ जना नेताहरूका साथ फागुन २ गते बूढानीलकण्ठ पुगेका थिए ।

प्रकाशित मिति : १० फाल्गुन २०८१, शनिबार  ४ : २१ बजे

सेनाको एनसिसी : नवयुवालाई संस्कार र संस्कृति सिकाउँदै

काठमाडौं– बढ्दो भौतिकवाद, व्यक्तिवाद र विदेश मोहको हालको परिस्थिति र

कांग्रेस विशेष महाधिवेशनमा बन्दसत्रको तयारी (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन अन्तर्गत आज बन्दसत्र हुँदैछ

सुनचाँदीको मूल्य कीर्तिमानी उचाइमा, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य ऐतिहासिक उचाइमा पुगेको छ ।

गण्डकीमा महिला मतदाता बढी

गण्डकी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

सडक सञ्जालमा जोडिँदै म्याग्दीको गुर्जा

म्याग्दी– ‘टुप्पीभन्दा माथि ठाउँ छैन, गुर्जाभन्दा माथि गाउँ छैन,’ म्याग्दीमा