केपी ओली कप फुटबल च्याम्पियनसिपको तयारी पुरा | Khabarhub Khabarhub

केपी ओली कप फुटबल च्याम्पियनसिपको तयारी पुरा


१० फाल्गुन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आइतबारबाट काठमाडौंमा सुरु हुने तेश्रो संस्करणको केपी ओली कप फुटबल च्याम्पियनसिपको तयारी पुरा भएको छ ।

आयोजक राष्ट्रिय युवा संघ नेपालले शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै केपी ओली कप फुटबल च्याम्पियनसिपको तयारी पुरा भएको जनाएको हो । 

प्रतियोगिताको पहिलो खेल एन्फा कम्प्लेक्समा दिउँसो ३ बजेबाट उज्बेकिस्तानको ब्ल्याक बुल्स एफसी र एपीएफ एफसी हुने जनाइएको छ । प्रतियोगितामा दुई विदेशीसहित ९ टोलीले सहभागिता रहनेछ।

प्रतियोगिताको विजेताले १५ लाख ११ हजार १ सय ११, दोस्रो टोलीले ५ लाख रुपैयाँ प्राप्त गर्ने युवा संघले जनाएको छ ।

प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीलाई १लाख, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट गोलकर्ता, उत्कृष्ट उदीयमान खेलाडीले समान ५० हजार रुपैयाँ प्राप्त गर्ने राष्ट्रिय युवा संघका प्रवक्ता कृष्णहरि केसीले जानकारी दिए ।

प्रतियोगितामा इटालीका विश्व चर्चित फुटबल खेलाडी जियानलुजी बुफनकोको पनि उपस्थिति रहने आयोजकले जनाएको छ । प्रतियोगिताको उद्घाटन प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्ने कार्यक्रम तय भएको छ । 

प्रकाशित मिति : १० फाल्गुन २०८१, शनिबार  ६ : ४१ बजे

चुँदीरम्घामा भानुजयन्ती तीनदिन मनाइने

तनहुँ– आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्ती जन्मस्थल चुँदीरम्घामा विविध कार्यक्रमका

प्रि ओपन सेसन : साढे ७ अंकले बढ्यो नेप्से

काठमाडौं– साताको चौथो कारोबार दिन बुधबार प्रि ओपन सेसनमा नेपाल

एएफसी महिला कप छनोट : नेपाल र श्रीलङ्का खेल्दै

काठमाडौं– एएफसी महिला एसियन कप छनोट प्रतियोगिता अन्तर्गत आफ्नो दोस्रो

फलफूल तथा तरकारीको थोक मूल्य : केरा दर्जनको १४५ रुपैयाँ, आँपको कति ?

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बुधबार)

किसानलाई कृषि औजार वितरण

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकाले किसानलाई कृषि औजार वितरण गरेको छ