क्यानभासमा स्वयम्भू ! | Khabarhub Khabarhub

क्यानभासमा स्वयम्भू !


१० फाल्गुन २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्वसम्पदा सूचीमा सूचीकृत काठमाडौँ उपत्यकाको महत्वपूर्ण क्षेत्र स्वयम्भूलाई केन्द्रीत गरी यहाँ वरपरका दृश्यसमेत कैद गर्दै आज कलाकारले क्यान्भासमा रङ भरेका छन् । बीस जनाभन्दा बढी कलाकारले आज दिनभर स्वयम्भूको फेदीमा बसेर क्यानभासमा रङ भर्दै विभिन्न कलाकृति उतारे । यी कलाकर्मीकाले स्वयम्भूनाथ र त्यस वरपर बनाइएका आकर्षक संरचना तथा उपत्यका आसपासका दृश्य एउटै क्यान्भासमा अटाएका थिए ।

“आहा ’ कति राम्रो स्वयम्भूनाथ”, सहभागीमध्येका ईश्वर शर्माले भने, “हेर न ऊ त्यो माथिको स्वयम्भू दुरुस्तै बनेको छ ।”

यहाँ उपस्थित भएका कला पारखी तथा दर्शकहरूले क्यान्भास र आर्ट पेपर हेर्दै आहा ! कति राम्रो स्वयम्भू भन्दै प्रशंसा गरेका थिए । यो अवसर आजदेखि सुरु स्वयम्भू महोत्सवले जुराएको हो । महोत्सव व्यवस्थापन समितिका सदस्य तथा उक्त कला कार्यशाला संयोजन गरेको कलाकार दिवेश प्रधानले अग्रज र नवकलाकार गरेर २० जनाभन्दा बढी चित्रकार भेला भई आज दिनभर यहाँ कला सिर्जना गरिएको बताए । कला सिर्जनाको आजै प्रदर्शनीसमेत गरिएको छ ।

काठमाडौँ उपत्यकाको पश्चिममा अवस्थित एक प्रसिद्ध बौद्ध स्तूप हो स्वयम्भू । यसलाई महाचैत्य पनि भनिन्छ । यही चैत्यलाई मुख्य विषय बनाएर कलाकारले कुची चलाएका थिए । जलरङ, एक्रेलिक, तेल रङलगायत विभिन्न विधामा चित्रकारले बौद्ध स्तूप बनाएका थिए । यहाँ उपत्यकामा पानी भरिएका बेला विपस्वी बुद्ध आएर तीनपल्ट वरिपरिको पहाडमा घुमेर नागार्जुनको टुप्पोमा बसी तपस्या गरेको किंवदन्ती छ ।

काठमाडौँको स्वयम्भूमा शनिबार आयोजित ललितकला कार्यशालामा चित्र सिर्जना गर्दै कलाकार । २० भन्दा बढी कलाकारले यहाँ आज विश्वसम्पदामका सूचिकृत स्वयम्भूलाई केन्द्रमा राखेर चित्र सिर्जना गरेका थिए । तस्बिर : नारायण ढुङ्गाना / रासस

किंवदन्तीअनुसार वैैशाख पूर्णिमाको दिन कमलको बीउ दक्षिण फर्की ‘मन्त्र गरी दहमा रोपेका’ थिए । अर्को सालको वैशाख पूर्णिमाको दिन कमलको फूल उम्रेको र जसमा पञ्चरश्मिसहित स्वयम्भू महाचैत्यको उत्पत्ति भएको भन्ने गरिन्छ । संस्कृतबाट स्वयम्भूको अर्थ स्वयं उत्पत्ति भएको भूमि भन्ने बुझिन्छ । काठमाडौँ उपत्यकाको स्थापना र नेपालको इतिहासमा पनि यसको ठूलो भूमिका रहेको जानकारहरू बताउँछन् ।

भगवान् मञ्जुश्रीले पनि काठमाडौँको स्थापना गर्नुअघि यही भूमिमा बसेर तपस्या गरेको भन्ने गरिन्छ । नेवारीबाट स्येँको अर्थ स्वयं, गुँको अर्थ वनबाट स्येँगु र यसै शब्दलाई पछि स्वयम्भू भनिआएको बताइन्छ । यसरी धार्मिक, सांस्कृतिक र पुरातात्विक हिसाबले पनि महत्वपूर्ण मानिने स्वयम्भूमा स्वदेशी तथा विदेशीहरू घुम्न औधी मन पराउँछन् । त्यही मेसोमा आज स्वदेशीसहित विदेश पर्यटकले कला सिर्जनाबाट थप मनोरञ्जन र जानकारी लिन पाएँ ।

आज यहाँ कलाकारका सिर्जना देखेर आगन्तुकहरू थप उत्साहित भएका थिए । अर्का कलाकार उत्तम डङ्गोलले कलाको खानी काठमाडौँ त्यसमाथि स्वयम्भू भनेपछि आफैँमा महत्वको विषय भएको बताए ।

प्रकाशित मिति : १० फाल्गुन २०८१, शनिबार  १० : १५ बजे

भोजपुरको कावाखोलामा पक्की पुल निर्माण

भोजपुर– जिल्ला सदरमुकामलाई दक्षिणी क्षेत्रसँग जोड्ने कावाखोलामा पक्की पुल निर्माण

वैज्ञानिकले भने- पृथ्वीको भित्री कोरको आकार परिवर्तन हुनसक्छ 

काठमाडौं– वैज्ञानिकहरूले पृथ्वीको भित्री कोरको आकार विगत २० वर्षमा परिवर्तन

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– साताको पहिलो कारोबार दिन अर्थात् आइतबार स्थानीय बजारमा सुनको मूल्य बढेको

प्रधानमन्त्री ओलीले फुटबल हेरेर जन्मदिन मनाउँदै

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आज आफ्नो ७४औँ जन्मदिन मनाउँदै

महाशिवरात्रिको तयारी : आकर्षक बनाइँदै पशुपति क्षेत्र

काठमाडौं– महाशिवरात्रि पर्वको दिन नजिकिएसँगै पशुपति क्षेत्रलाई साजसजावट गरेर आकर्षक