युरोपको विश्वकप छनोट: इंग्ल्यान्ड, पोल्यान्ड र फिनल्यान्डको जित « Khabarhub

युरोपको विश्वकप छनोट: इंग्ल्यान्ड, पोल्यान्ड र फिनल्यान्डको जित


८ चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – युरोपेली देशको विश्वकप छनोटमा इंग्ल्यान्डले सफलता पाएको छ। समूह ‘के’को खेलमा इंग्ल्यान्डले अल्बानियालाई २-० ले हरायो। इंग्ल्यान्डका लागि माइक लेविस स्केली र हेरी केनले गोल गरे।

यसैगरी डारियो सिट्सको गोलमा लाट्सभयाले एन्डोरासँगको खेलमा १-० को सफलता पायो। समूह एचको खेलमा बोस्निया हर्ज गोभिनाले रोमानियालाई १-० ले हरायो। विजयी टोलीका लागि आर्मिन जिजोभिकले गोल गरे। साइप्रसले सान मारिनोसँगको खेलमा २-० को सफलता पायो। साइप्रसको जितमा लोनिस पिटास र आन्द्रे नियोकिस काकुलिसको गोल समावेश थियो।

समूह ‘जी’को खेलमा रोबर्ट लेडवास्कीको गोलमा पोल्यान्डले लिथुवानियालाई १-० ले हरायो। अर्को खेलमा फिनल्यान्डले माल्टालाई सोही गोल अन्तरले हरायो। फिनल्यान्डका ओलिभर आटम्यानले गोल गरे।

प्रकाशित मिति : ८ चैत्र २०८१, शनिबार  ८ : ३६ बजे

विभिन्न जिल्लामा सवारी दुर्घटना : ६ जनाको मृत्यु

काठमाडौं – देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६

इरानले अमेरिकीहरूलाई निसाना बनाउने प्रयास बढाएको अमेरिकी गुप्तचर प्रमुखको दावी

वासिङ्टन – इरानले मध्यपूर्व र त्यसभन्दा बाहिर अमेरिकीहरूलाई निसाना बनाउने

तनहुँको जामुनेमा तीन वटा सवारी साधन ठोक्किए

दमौली (तनहुँ)- पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेस्थित पृथ्वीराजमार्गमा आज

इरानमाथि फेरि आक्रमण गर्ने ट्रम्पको सङ्केत

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध पुनः सैन्य कारबाही हुन

२४ घण्टामा देशभर २० विपद्का घटना, आठ जना घाइते

काठमाडौँ- देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका २० वटा विपद्का