पानीका स्रोत मासिएपछि उपत्यकावासीलाई जारको भर (तस्बिरहरू)  | Khabarhub Khabarhub

पानीका स्रोत मासिएपछि उपत्यकावासीलाई जारको भर (तस्बिरहरू) 


९ चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आज विश्वभर विविध कार्यक्रम गरी पानी दिवस मनाइँदै छ । प्रत्येक वर्ष मार्च २२ का दिन यो दिवस मनाउने गरिन्छ ।

विश्वमा देखा परेको स्वच्छ खानेपानीको सङ्कट र यसको समाधानमा व्यक्ति, समुदाय, विभिन्न तहका सरकार तथा गैरसरकारी क्षेत्रलाई सजग, सचेत, सक्षम र सबल बनाउनका लागि संयुक्त राष्ट्रसङ्घले सन् १९९३ देखि मार्च २२ लाई विश्व पानी दिवसका रुपमा मनाउन थालेको हो ।

संयुक्त राष्ट्रसङ्घले सन २०३० सम्म विश्वका सबै जनसङ्ख्यालाई स्वच्छ खानेपानी र सरसफाइको सुविधा उपलब्ध गराउने कार्यक्रम ल्याएको छ । दिगो विकास लक्ष्यका कार्यक्रमअन्तर्गतको यो लक्ष्य हासिल गर्न नेपालले १५औँ आयोजनामा पानीका उपलब्ध स्रोतको संरक्षण, सम्वर्द्धन र किफायती उपयोग गर्ने नीति, रणनीति, कार्यक्रम र योजना तय गरेको भए तापनि काठमाडौं उपत्यकाका परम्परागत ढुङ्गेधारा र अन्य विभिन्न पानीका स्रोतहरू मासिँदै र सुक्दै गएका छन्, जसका कारण उपत्यकावासीलाई  पानीका लागि ट्याङ्कर र जारको भर पर्नु परेको छ ।

काठमाडौंमा काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले पानी वितरण गर्दै आइरहेको छ । काठमाडौं उपत्यकामा दैनिक ४७ करोड लिटर पानी आवश्यक पर्ने भए पनि दैनिक १६ करोड लिटरमात्र केयूकेएल आपूर्ति गर्दै आएको छ । केयूकेएलले आपूर्ति गर्न नसकेको पानी ट्याङ्कर, जार, बोतल, इनार, बोरिङ लगायत स्रोतबाट आपूर्ति हुन्छ ।

उपत्यकामा पिउने पानीको आपूर्ति सबैभन्दा बढी जारले ओगटेको छ । नेपाल बोटल वाटर इन्डस्ट्रिज एसोसिएसनको अनुमानमा काठमाडौं उपत्यकामा दैनिक डेढदेखि दुई लाख वटा पानीको जार बिक्री हुन्छ ।

दैनिक रुपमा प्रयोग गरिने पानीका प्लास्टिकका जार र बोतलहरू मानव स्वास्थ्यका लागि निकै हानिकारक रहेको एक अध्ययनले देखाएको छ । अध्ययनका अनुसार एक लिटर बोतलको पानीमा औसत २ लाख ४० हजार प्लास्टिकको टुक्रा रहने बताएको छ ।

उपभोक्ताले कस्ता खाद्य वस्तु उपभोग गरेका छन्, ती वस्तुहरू स्वास्थ्यका लागि कति फाइदाजनक र हानिकारक छन् भन्ने कुराको अनुगमन र अनुसन्धान गर्ने खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले नै लगभग ६ महिनादेखि जार र पानीको बोतलहरू अनुगमन नगरेको अवस्था छ । जसका कारण उपभोक्ताहरू मिति गुज्रिएको जार, पानीका बोतलबाट दैनिक पानीको आपूर्ति गर्न बाध्य छन् ।

स्वास्थ्यका लागि हानिकारक मानिएका जार, प्लास्टिकका बोतल सिंहदरबारका हरेक मन्त्रालय र मन्त्रालयका टेबल टेबलमा देखिन्छ । तर पनि यसको सही अनुगमन र अनुसन्धान भने गरिएको छैन ।

पानीका परम्परागत ढुङ्गेधारा (हिति) हरू मासिँदै छन् भने यस्ता हानिकारक जार र प्लास्टिक बोतलले त्यसको स्थान लिएको देखिन्छ ।

काठमाडौं महानगरपालिकाको सामाजिक विकास शाखा मार्फत अलान फाउन्डेसनले गरेको एक अध्ययनको प्रतिवेदन अनुसार महानगरभित्र १५४ वटा ढुंगेधारा तथा हिति रहेको र  जसमध्ये ६१ वटा पानी आउने ढुंगेधारा, ५० वटा पानी नआउने, १० वटा संकटमा परेर लोप हुन लागेको अवस्था, २१ वटा हराएका र फेला नपरेका १२ वटा हिति तथा ढुंगेधारा छन् ।

प्रकाशित मिति : ९ चैत्र २०८१, शनिबार  ९ : २२ बजे

पर्यटकीयस्थल टोड्के जोड्ने सडक स्तरोन्नति गरिँदै

म्याग्दी– म्याग्दीको मङ्गला गाउँपालिका–२ सिमबाट कोत्रवाङ–खुम्ल्याह–पैयुपाटा–कुहुँ–पूर्णगाउँ हुँदै पर्यटकीयस्थल टोड्के पुग्ने

पिएम कपमा आज तीन खेल : लुम्बिनी र आर्मी, एपिएफ र गण्डकी, कोशी र सुदूरपश्चिम भिड्दै

काठमाडौं – प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा आइतबार

दिक्तेलमा निःशुल्क आँखा शल्यक्रिया शिविर

खोटाङ– नेपाल नेत्रज्योति सङ्घ खोटाङले दिक्तेल बजारमा तीनदिने निःशुल्क आँखा

पृथ्वीनारायण क्याम्पस पोखरामा आज स्ववियु निर्वाचन

पोखरा– पोखराको पृथ्वीनारायण क्याम्पसमा आज स्ववियु निर्वाचन भइरहेको छ ।

वीरगञ्ज सुक्खा बन्दरगाहबाट ३२ अर्ब ३२ करोड राजस्व सङ्कलन

वीरगञ्ज– पर्साको वीरगञ्जस्थित सुक्खा बन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्षको