गुप्सीपाखामा रंगीविरंगी लालीगुराँस (तस्बिरहरू)  « Khabarhub

गुप्सीपाखामा रंगीविरंगी लालीगुराँस (तस्बिरहरू) 


९ चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – लालीगुराँसले अहिले पहाडी क्षेत्रको वनपाखा राताम्मे भएका छन्। काठमाडौं उपत्यकाका वनपाखा तथा देशका पहाडी क्षेत्रमा विभिन्न प्रजातिका रंगीविरंगी लालीगुराँसले वनपाखासँगै गाउँबस्ती नै झिलिमिली बनाएको छ । 

 गोरखा जिल्लाको धार्चे गाउँपालिकाको गुप्सीपाखा क्षेत्रमा फुलेको लालीगुराँसले हरियो जंगललाई लाली लगाउने र सुन्दरता बढाउने समेत गरेको छ, जसका कारण सो क्षेत्रमा पर्यटकहरूको आकर्षण बढ्न थालेको छ ।

राता रङका लालिगुराँस र गुलावी, सेता र पहेंला लगायत प्रजातिका गुराँस यहाँ पाइन्छ। जिल्लाकै दुर्गम र उत्तरी भेगमा पर्ने यस क्षेत्रमा लालीगुराँस र हरियाली पहाडले पर्यटक तान्नुका साथै यस क्षेत्रलाई शोभनीय पनि बनाएको छ। 

वनस्पतिविद्हरूका अनुसार लालीगुराँस समुद्री सतहबाट १ हजार ३ सयदेखि ४ हजार ६ सय मिटर उचाइमा पाइन्छ। यद्यपि चैत पहिलो सातादेखि फुल्ने यो फूल जलवायु परिवर्तनको असरले अचेल माघ–फागुन महिनामै फुल्न थालेको छ। लालीगुराँसको रूख १० सेन्टीमिटरदेखि ३० मिटरसम्म अग्लो हुन्छ। संसारभरि १ हजारभन्दा बढी प्रजातिमा पाइने यो फूललाई अंग्रेजीमा रोडोडेनड्रन भनिन्छ। 

default
default
default

प्रकाशित मिति : ९ चैत्र २०८१, शनिबार  ६ : ०३ बजे

नारायणीमा ६० वर्षयताकै भीषण बाढी: करोडौँका संरचना बगे, नारायणगढ बजारमै जोखिम

चितवन – नारायणगढ बजारसँगै टाँसिएको नारायणी नदी किनारलाई ‘सिबिच’ (समुद्री

परराष्ट्रमन्त्री स्वदेश फर्कँदै, विमानस्थलमै प्रेस ब्रिफिङ

काठमाडौँ – संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भई परराष्ट्रमन्त्री शिशिर

बागलुङमा बाढीपहिरो : ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति

बागलुङ– यही असोज ९ गतेदेखि ११ गतेसम्म आएको अविरल वर्षाका

५५ वर्ष पुगेका कर्मचारीलाई बिदा दिने विधेयक संसद्‍मा जाँदै : के छ प्रावधान ?

काठमाडौँ – सरकारले निजामती कर्मचारीको उमेर ५५ वर्ष वा सेवा

एसियाली खेलकुद : गल्फ र जुडोमा आजदेखि नेपालको प्रतिस्पर्धा

काठमाडौँ– बीसौँ एसियाली खेलकुदअन्तर्गत गल्फ र जुडोमा नेपालले आजदेखि प्रतिस्पर्धा