चन्द्रकला पौडेल सचिवमा बढुवा, केदारनाथ शर्मा बने भूमि सचिव « Khabarhub

चन्द्रकला पौडेल सचिवमा बढुवा, केदारनाथ शर्मा बने भूमि सचिव


९ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.2k
Shares
  • change font
  • change font
  • change font

पोखरा – सहसचिव चन्द्रकला पौडेल सचिवमा बढुवा भएकी छन्। सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले उनलाई सचिवमा बढुवा गरेको हो। सचिव अर्जुन पोखरेलले अवकाश पाएपछिको रिक्त पदमा पौडेलको बढुवा भएको हो।

बढुवा समितिले पौडेलसहित वरिष्ठताक्रममा अगाडि रहेका तीन सहसचिवको नाम बढुवाका लागि सिफारिस गरेकामा मन्त्रिपरिषद्ले उनको नाम अनुमोदन गरेको हो।

उनीसहित सहसचिव शोभाकान्त पौडेल र भूपाल बरालको नाम लोकसेवा आयोगले बढुवाका लागि सिफारिस गरेको थियो।

स्याङ्जा घर भएका पौडेल भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा कार्यरत थिइन्। राजश्व प्रशासनकी क्याडर पौडेल गण्डकीको अर्थ सचिव भइसकेकी छन्।

यसैगरी बैठकले रिक्त रहेको भूमि व्यवस्था मन्त्रालयको सचिवमा केदारनाथ शर्मालाई सरुवा गरेको छ। कोसी प्रदेशको प्रमुख सचिवमा कार्यरत उनलाई सरकारले एक वर्षपछि सिंहदरबार ल्याएको हो। बागलुङका शर्मा पनि गण्डकीका पूर्व सचिव हुन्।

प्रकाशित मिति : ९ बैशाख २०८२, मंगलबार  ६ : १८ बजे

चारसय बढी ग्राहकलाई भूमिगत विद्युतीकरणबाट विद्युत्

चितवन– भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा सुरु गरिएको भूमिगत विद्युतीकरणअन्तर्गत ४६०

कांग्रेसको मतगणना द्रूतगतिमा

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका

दसैँ मनाउन काठमाडौँबाट बाहिरिने यात्रुको चाप बढ्यो

काठमाडौँ– बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप

चौदण्डीगढी नगरपालिकाबाट सदा समुदायलाई दसैँखर्च सहयोग

उदयपुर– उदयपुरको चौदण्डीगढी नगरपालिकाले नगरभित्रका सदा समुदायलाई दसैँ खर्च उपलब्ध

एक महिलासँगको टेलिफोन अडियो प्रकरणमा सांसद सुनारमाथि रास्वपाबाट छानबिन सुरु

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसद खगेन्द्र सुनारमाथि