पोखरा महानगरका नगर प्रहरीलाई सञ्चारसेट « Khabarhub

पोखरा महानगरका नगर प्रहरीलाई सञ्चारसेट


९ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


276
Shares
  • change font
  • change font
  • change font

पोखरा– पोखरा महानगरपालिकाले नगरप्रहरीलाई प्रभावकारी सञ्चारका लागि वाकिटकी उपलब्ध गराएको छ । महानगरका अनुसार हाललाई  जीएसएम बाट चल्ने १० वटा पिओसी वाकिटकी उपलब्ध गराइएको छ । पोखरा महानगरले आह्वान गरेको बोलपत्र प्रक्रियामार्फत आइटेल नेटवर्क प्रालिले प्रक्रियापछि वाकिटकी उपलब्ध गराएको हो ।

वाकिटकीको उपलब्धतासँगै सञ्चारमा ठूलो सहयोग पुगेको पोखरा  महानगरका नगरप्रहरी प्रमुख पुरुषोत्तम थापाले बताए ।

 ‘हाम्रो अधिकांश काम फिल्डमै हुन्छ, त्यसका लागि पहिले मोबाइललगायतको भर पर्नुपर्ने अवस्था थियो, केही दिनअघि वाकिटकी आएपछि कुराकानी गर्न, निर्देशन दिन र काम गर्न सहज भएको छ’, उनले भने ।

उनका अनुसार वाकिटकीको प्रयोगमार्फत सुरक्षा व्यवस्थापनमा थप सहयोग पुगेको छ । नेपाल टेलिकमको नेटवर्कबाट चल्ने भएकाले दूरीको  हिसाबले पनि कुनै समस्या नभएको उनले बताए ।

पिओसी वावाकिटकीमा मुख्य कार्यालयमा राखिने कन्टेल सफ्टवेयर बाट सामूहिक तथा व्यक्तिगत रुपमा कुराकानी गर्न, कुराकानीलाई रेकर्डमा राख्न र सुन्न, जिपिएस लोकेसन ट्रयाकिङ गर्नका साथै केन्द्रबाटै नियन्त्रण गर्नका लागि सहज भएको छ । यसले नगरप्रहरीको कामलाई सहज बनाएको उनको भनाइ छ ।

एबेल ब्राण्डको पिओएस वाकिटकीको आधिकारिक बिक्री वितरक डिकेड इन्टरनेशलनले नेपाल दूरसञ्चार प्राधिकरणबाट  टाइप अप्रुभल प्रमाणपत्र प्राप्त गरी  नेपाल टेलिकम तथा एनसेलको आईओटी सिम प्रयोग गरी सञ्चारसेवा दिइरहेको छ ।

साथै प्रत्येक आइएमइआई नम्बर नेपाल दूरसञ्चार प्राधिकरणबाट प्रमाणित गरिने आइटेल नेटवर्कका निर्देशक बिनु भण्डारीले जानकारी दिइन् ।

प्रकाशित मिति : ९ बैशाख २०८२, मंगलबार  १२ : २८ बजे

रसुवा बाढी : उच्चस्तरीय संयन्त्रसँगै संसदीय समिति पनि गठन हुने 

काठमाडौं– रसुवा बाडीलाई लिएर उच्चस्तरीय राजनीति संयन्त्रसँगै संसदीय समिति पनि

जलवायु परिवर्तनले विश्वको पानी चक्र अनियमित बन्दै : डब्लुएमओ

जेनेभा– विश्वमा पानीको चक्र झन् अनियमित बन्दै गएको संयुक्त राष्ट्रसङ्घले

अब्बासलाई महासभामा सहभागी हुन अमेरिकाले दिएन भिसा

एजेन्सी– संयुक्त राज्य अमेरिकाले प्यालेस्टिनी प्राधिकरणका अध्यक्ष महमुद अब्बासलाई अर्को

भोटेकोशी बाढी : १ हजार ४ सय ९ जनाको शव भेटियो

काठमाडौं– रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण बिहीबार बिहान ११ बजेसम्म

राष्ट्रपतिसमक्ष अख्तियारको वार्षिक प्रतिवेदन पेस

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष