पोखरा महानगरका नगर प्रहरीलाई सञ्चारसेट « Khabarhub

पोखरा महानगरका नगर प्रहरीलाई सञ्चारसेट


९ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


276
Shares
  • change font
  • change font
  • change font

पोखरा– पोखरा महानगरपालिकाले नगरप्रहरीलाई प्रभावकारी सञ्चारका लागि वाकिटकी उपलब्ध गराएको छ । महानगरका अनुसार हाललाई  जीएसएम बाट चल्ने १० वटा पिओसी वाकिटकी उपलब्ध गराइएको छ । पोखरा महानगरले आह्वान गरेको बोलपत्र प्रक्रियामार्फत आइटेल नेटवर्क प्रालिले प्रक्रियापछि वाकिटकी उपलब्ध गराएको हो ।

वाकिटकीको उपलब्धतासँगै सञ्चारमा ठूलो सहयोग पुगेको पोखरा  महानगरका नगरप्रहरी प्रमुख पुरुषोत्तम थापाले बताए ।

 ‘हाम्रो अधिकांश काम फिल्डमै हुन्छ, त्यसका लागि पहिले मोबाइललगायतको भर पर्नुपर्ने अवस्था थियो, केही दिनअघि वाकिटकी आएपछि कुराकानी गर्न, निर्देशन दिन र काम गर्न सहज भएको छ’, उनले भने ।

उनका अनुसार वाकिटकीको प्रयोगमार्फत सुरक्षा व्यवस्थापनमा थप सहयोग पुगेको छ । नेपाल टेलिकमको नेटवर्कबाट चल्ने भएकाले दूरीको  हिसाबले पनि कुनै समस्या नभएको उनले बताए ।

पिओसी वावाकिटकीमा मुख्य कार्यालयमा राखिने कन्टेल सफ्टवेयर बाट सामूहिक तथा व्यक्तिगत रुपमा कुराकानी गर्न, कुराकानीलाई रेकर्डमा राख्न र सुन्न, जिपिएस लोकेसन ट्रयाकिङ गर्नका साथै केन्द्रबाटै नियन्त्रण गर्नका लागि सहज भएको छ । यसले नगरप्रहरीको कामलाई सहज बनाएको उनको भनाइ छ ।

एबेल ब्राण्डको पिओएस वाकिटकीको आधिकारिक बिक्री वितरक डिकेड इन्टरनेशलनले नेपाल दूरसञ्चार प्राधिकरणबाट  टाइप अप्रुभल प्रमाणपत्र प्राप्त गरी  नेपाल टेलिकम तथा एनसेलको आईओटी सिम प्रयोग गरी सञ्चारसेवा दिइरहेको छ ।

साथै प्रत्येक आइएमइआई नम्बर नेपाल दूरसञ्चार प्राधिकरणबाट प्रमाणित गरिने आइटेल नेटवर्कका निर्देशक बिनु भण्डारीले जानकारी दिइन् ।

प्रकाशित मिति : ९ बैशाख २०८२, मंगलबार  १२ : २८ बजे

उत्तर कोरियाको आणविक पनडुब्बीमा प्रगति

एजेन्सी – उत्तर कोरियाले आणविक–सञ्चालित पनडुब्बी निर्माणमा उल्लेखनीय प्रगति गरेको

राप्रपा नेपालले पुस १५ गते केन्द्रीय समिति बैठक बोलायो

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल) ले आगामी पुस

रवि-बालेन वार्तास्थलमा बाक्लो संख्यामा सञ्चारकर्मी (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका

निर्वाचनको वातावरण बनाउनुपर्नेमा ओलीको जोड

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको

जनकपुरधाममा ई-रिक्सा व्यवस्थापन लागि अध्ययन समिति गठन

जनकपुरधाम–  जनकपुरधाम उपमहानगरपालिकाभित्र चल्ने ई–रिक्साको व्यवस्थापन, सञ्चालन तथा दर्ताको विषयमा