चैते धान खेतीप्रति किसानको आकर्षण « Khabarhub

चैते धान खेतीप्रति किसानको आकर्षण


९ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

कैलाली– भजनी नगरपालिकाका कृष्ण चौधरी विगत पाँच वर्षदेखि चैते धानखेती गर्दै आएका छन् । पाँच कट्ठा क्षेत्रफलबाट सुरु गरेको चैते धान अहिले तीन बिघामा फैलिएको छ । राम्रो उत्पादन दिने भएपछि उनले खेती विस्तार गर्दै लगेको बताए ।

वर्षाको समयमा डुबानका कारण कुनै खेती नहुने भएकाले पनि कृष्णजस्ता सयौँ किसानका लागि चैते धान विशेष बनेको छ । जिल्लाकै सबैभन्दा बढी डुबानको चपेटामा पर्ने भजनीका फाँट यतिबेला धानले हरियाली छन् । हिउँदे बाली भित्र्याएर अधिकांश किसानले धान रोपेका छन् । कतिपय किसान अझै पनि धान रोप्न व्यस्त छन् ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले भजनी क्षेत्रमा चैते धान विस्तार कार्यक्रम सञ्चालन गर्दै आएको छ । नगरपालिकाको वडा नम्बर ३ र ८ मा धान जोन नै सञ्चालन गरेको छ । किसानमा चैते धानप्रति देखिएको आकर्षणले धानखेती विस्तार कार्यक्रम राम्रो बन्दै गएको परियोजना प्रमुख गोविन्दराज जोशी बताए । ‘परियोजनाले जोन नै सञ्चालन गरेपछि किसानले ठूलो सहुलियत पाएका छन् ।

परियोजनाले भजनीसहित कैलारी गाउँपालिका, जोशीपुर गाउँपालिका र घोडाघोडी नगरपालिकामा पनि चैते धान विस्तार कार्यक्रम सञ्चालन गर्दै आएको छ । परियोजना प्रमुख जोशीका अनुसार यस वर्ष परियोजनाले एक हजार हेक्टरमा चैते धान विस्तारमार्फत सहयोग गरेको छ । उनले किसानलाई बीउसँगै अन्य कृषि उपकरणमा परियोजनाले सहयोग गर्दै आएको बताए ।

कृषि ज्ञान केन्द्रको तथ्याङ्कअनुसार यस वर्ष एक हजार पाँच सय हेक्टरमा चैते धानखेती भइरहेको छ । गत वर्षको भन्दा यस वर्ष तीन सय हेक्टरले धानखेती बढेको ज्ञान केन्द्रका प्रमुख टेकबहादुर विष्टले जानकारी दिए ।

भजनीमा २०६३ सालमा आएको बाढीका कारण एक करोड ५० लाखभन्दा बढीको धान बालीमा क्षति भएपछि त्यसको विकल्पमा किसानले चैते धान सुरु गर्न थालेको विष्टले बताए । बर्खे धानभन्दा राम्रो उत्पादन दिने भएका कारण किसानको आकर्षण बढ्दै गए पनि लागत भने महँगो हुने गरेको उनको भनाइ छ ।

किसानलाई धान बाली भित्र्याउन र धान सुकाउन आवश्यक मेसिनरी अनुदानको योजनामा ज्ञान केन्द्र रहेको विष्टले बताए ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना र कृषि ज्ञान केन्द्रले चैते धानमा सहयोग गरेपछि भजनी नगरपालिकाले यस वर्ष सो क्षेत्रमा सहयोग गरेको छैन । कार्यक्रमको ‘डुब्लिकेसन’ हुने भन्दै सो कार्यक्रम चालु आवमा समावेश नगरिएको नगरपालिकाका कृषि शाखा प्रमुख सुशोभन अधिकारीले बताए । उनले आवश्यकताका आधारमा किसानलाई सहजीकरण गर्दै आएको बताए ।

सरकारले पनि पहिलोपटक चैते धानको समर्थन मूल्य तोकेको छ । सरकारले चैते धानको समर्थन मूल्य तोक्नुपर्ने माग गर्दै आएका किसान यतिबेला धानको समर्थन मूल्य तोकिएपछि खुसी भएका छन् ।

सरकारले चैते धानको प्रतिक्विन्टल दुई हजार आठ सय ६९ पैसा समर्थन मूल्य तोकेको छ ।

प्रकाशित मिति : ९ बैशाख २०८२, मंगलबार  १२ : ३३ बजे

बिग्रिएका सडकबारे गुनासो गर्न ‘सडक सुझाव एप’ सञ्चालन

काठमाडौं– काठमाडौं उपत्यकाभित्र बिग्रिएका सङ्घीय सडकको मर्मतलाई प्रभावकारी बनाउन ‘सडक

सवारी दुर्घटनामा चालकको मृत्यु

इलाम– स्थानीय देउमाई नगरपालिका–१ बाट देउरालीतर्फ गइरहेको प्रदेश १–०१–००१ ज

मुद्दाको चापपछि काभ्रे अदालतमा चार इजलासबाट सुनुवाइ 

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोक जिल्ला अदालतमा अब चार वटा इजलासबाट मुद्दाको सुनुवाइ

रसुवा बाढी : उच्चस्तरीय संयन्त्रसँगै संसदीय समिति पनि गठन हुने 

काठमाडौं– रसुवा बाडीलाई लिएर उच्चस्तरीय राजनीति संयन्त्रसँगै संसदीय समिति पनि

जलवायु परिवर्तनले विश्वको पानी चक्र अनियमित बन्दै : डब्लुएमओ

जेनेभा– विश्वमा पानीको चक्र झन् अनियमित बन्दै गएको संयुक्त राष्ट्रसङ्घले