बाढीपहिरो पीडितलाई स्थायी आवास निर्माण गर्न अनुदान वितरण « Khabarhub

बाढीपहिरो पीडितलाई स्थायी आवास निर्माण गर्न अनुदान वितरण


९ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काभ्रेपलाञ्चोक– गत असोजको अविरल वर्षासँगै आएको बाढीपहिरोबाट पीडित भएका जिल्लाका सर्वसाधारणलाई अस्थायी आवास निर्माण गर्न सरकाले १० स्थानीय तहमा अनुदान वितरण थालेको छ ।

 राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत सरकारले दुई हजार ८९५ घरपरिवारलाई पहिलो किस्ताबापत रु २५ हजार प्रदान गर्ने प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताए। 

‘माग भएअनुसार जिल्ला प्रशासन कार्यालयलाई रकम प्राप्त भएको र गत आइतबारदेखि प्रभावित परिवारलाई वितरण गरिरहेका छौँ,’ उनले भने। 

प्राधिकरणले दोस्रो किस्ताबापत रु २५ हजार उपलब्ध हुने जनाएको छ । पहिलो चरणमा महाभारत गाउँपालिकामा १७, बेथानचोकमा २ सय ३९ र नमोबुद्ध नगरमा ८ सय २४ घर परिवारका लागि रकम माग गरिएको थियो । 

प्राधिकरणले निजी आवास पूर्णरुपमा क्षति भएको, आंशिक क्षति भएता पनि बसोबास गर्न योग्य नरहेका घरपरिवारलाई तत्काल अस्थायी आवास निर्माणका लागि अनुदान उपलब्ध गराउने निर्णयअनुसार चरणबद्ध रुपमा अनुदान रकम निकासा गरिएको जनाएको छ । 
 

प्रकाशित मिति : ९ बैशाख २०८२, मंगलबार  १२ : ३९ बजे

चारसय बढी ग्राहकलाई भूमिगत विद्युतीकरणबाट विद्युत्

चितवन– भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा सुरु गरिएको भूमिगत विद्युतीकरणअन्तर्गत ४६०

कांग्रेसको मतगणना द्रूतगतिमा

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका

दसैँ मनाउन काठमाडौँबाट बाहिरिने यात्रुको चाप बढ्यो

काठमाडौँ– बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप

चौदण्डीगढी नगरपालिकाबाट सदा समुदायलाई दसैँखर्च सहयोग

उदयपुर– उदयपुरको चौदण्डीगढी नगरपालिकाले नगरभित्रका सदा समुदायलाई दसैँ खर्च उपलब्ध

एक महिलासँगको टेलिफोन अडियो प्रकरणमा सांसद सुनारमाथि रास्वपाबाट छानबिन सुरु

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसद खगेन्द्र सुनारमाथि