पोखरा महानगरका अधिकृत कपिल गिरीविरुद्ध विशेष अदालतमा मुद्दा  « Khabarhub

पोखरा महानगरका अधिकृत कपिल गिरीविरुद्ध विशेष अदालतमा मुद्दा 


९ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


669
Shares
  • change font
  • change font
  • change font

पोखरा– पोखरा महानगरपालिका अन्तर्गत उजुरी फछर्यौट तथा समन्वय शाखामा कार्यरत अधिकृत कपिल गिरीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत, काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगका अनुसार गिरीले कार्यालयमा परेका उजुरीहरूसँग सम्बन्धित प्रमाण नष्ट गरी उजुरी फरफारक गर्ने कार्यमा सहयोग पुर्‍याउने बहानामा सेवाग्राहीसँग घुस माग गरेका थिए। सेवाग्राहीसँग प्रत्यक्ष रुपमा २५ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा आयोगको पोखरा कार्यालयबाट खटिएको टोलीले उनलाई रंगेहात नियन्त्रणमा लिएको हो।

अनुसन्धानबाट पुष्टि भएअनुसार गिरीले अख्तियारमा उजुरी परेका सम्बन्धमा प्राप्त पत्रलाई असर पुर्‍याउने उद्देश्यले सेवाग्राहीसँग सो रकम माग गरी लिएको पाइएको छ।

 आयोगले गिरीमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३९१० बमोजिमको कसुरमा २५ हजार रुपैयाँ  बिगो कायम गरी सोही ऐनको दफा ३९१०(क) अनुसार कैद सजाय र बिगो बराबर जरिवाना मागदाबी सहित विशेष अदालतमा आरोपपत्र दायर गरेको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले बताए । 

अख्तियारमा उजुरी परेको छ मिलाइदिन्छु भन्दै गिरीले अर्का एकजना कर्मचारीसँग १ लाख रुपैयाँ मागेकोमा २५ हजार सहित उनी चैत ७ गते महानगरको कार्यालय नजिकैबाट पक्राउ परेको थिए । 

गिरी पोखरा महानगरपालिकामा अख्तियार सम्बन्धी उजुरीको जवाफदेही अधिकारी हुन् । अख्तियारले सोधेका प्रष्टिकरण वा प्रश्नहरूको महानगरपालिकाका तर्फबाट उनले जवाफ पठाउने जिम्मेवारी हो । 

सोही आधारमा महानगरकै अर्का कर्मचारीसँग तिम्रोविरुद्ध अख्तियारमा उजुरी छ म मिलाइदिन्छु भनी गिरीले घुस मागेका थिए ।

प्रकाशित मिति : ९ बैशाख २०८२, मंगलबार  २ : १० बजे

पूर्वी अस्ट्रेलियामा गोली हानाहान हुँदा तीन जनाको मृत्यु

सिड्नी- अस्ट्रेलियाको पूर्वी राज्य न्यू साउथ वेल्सस्थित सिड्नीको पश्चिममा बिहीबार

मुस्ताङमा उम्मेदवारविरुद्ध कसैको परेन उजुरी

मुस्ताङ– मुस्ताङमा कुनै पनि राजनीतिक दलका उम्मेदवारविरुद्ध कसैको उजुरी नपरेको

ग्रिनल्यान्डको सार्वभौमसत्ताबारे वार्ता हुँदैन : डेनमार्क

कोपनहेगन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्यान्डसम्बन्धी अडान परिवर्तन गरेपछि पनि

झापा क्षेत्र नम्बर ५ मा सबैभन्दा बढी मतदाता

झापा– जिल्लाका पाँचवटा निर्वाचन क्षेत्रमध्ये सबैभन्दा बढी मतदाता क्षेत्र नम्बर

फागुन पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुग्छ : आयोग

काठमाडौं– निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि