बेगनास तालमा सशस्त्र प्रहरीको कम्युनिटी सर्च एन्ड रेस्क्यु अभ्यास  « Khabarhub

बेगनास तालमा सशस्त्र प्रहरीको कम्युनिटी सर्च एन्ड रेस्क्यु अभ्यास 


९ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

पोखरा– बेगनास तालमा कम्युनिटी सर्च एन्ड रेस्क्यु तालिम र विपद् प्रतिकार्य नमुना अभ्यास गरिएको छ । गण्डकी प्रदेश सरकारको सहयोग एवं सशस्त्र प्रहरी बल, मुक्तिनाथ बाहिनीको समन्वय र सशस्त्र प्रहरी बल नेपाल कालिका गणको आयोजनामा भएको कार्यक्रम ३ दिनसम्म चलेको थियो । 

कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जल उत्पन्न प्रकोप सम्बन्धी अभ्यासले सहभागीहरूमा पुनर्ताजगी पैदा गर्नुका साथै थप अभ्यस्त बनाएको बताए । 

विपद्का घटना कम गर्न मद्दत पुगोस् भन्ने उद्देश्यले गण्डकी प्रदेश सरकारले सबै सुरक्षा निकायसँगको समन्वय र सहकार्यमा विपद् नमुना अभ्यास, तालिम, प्रतिकार्य र सामग्री हस्तान्तरणका कार्यक्रममा सहकार्य गर्दै आएको उनले बताए । 

प्रदेश सरकारको सहयोगमा फेवा तालमा ‘वाच टावर’ सञ्चालन गरिएको छ भने बेगनास तालमा पनि यस वर्षदेखि ‘वाच टावर’ निर्माण सुरु भएको छ । 

विपद् जस्तो मानवीय संवेदनासँग प्रत्यक्ष जोडिएको विषयमा आवश्यक जुनसुकै साधन स्रोतको व्यवस्थापनको लागि प्रदेश सरकार अभिभावकीय भूमिका निर्वाह गर्न हरदम तयार रहेको मुख्यमन्त्री पाण्डेको भनाइ थियो । 

विपद्को सम्भावित खतरा न्यूनीकरण र विपद्पछिको खोज, उद्धार, उपचार,  राहत लगायतका काममा सरोकारवाला सबै एकजुट भएको खण्डमा ठूला विपद्को सहजै सामना र सहजीकरण गर्न सकिने उनले बताए । 

विपद् व्यवस्थापनका लागि प्रदेश सरकारले वार्षिक रूपमा आर्थिक स्रोतको पनि सुनिश्चितता गर्दै आएको छ । प्रदेशस्तरमा १० करोड नघट्ने गरी र जिल्लास्तरमा १० लाख नघट्ने गरी विपद् व्यवस्थापन कोष सञ्चालन गरिरहेका मुख्यमन्त्रीले जानकारी गराए । 

विपद्का बेला छिटो उद्धार, उपचार र राहतमा सघाउन सक्ने गरी यस्ता तालिम,  प्रशिक्षण दिने,  यन्त्र उपकरणहरू सहयोग गर्ने, सुरक्षाकर्मीको मनोबल बढाउने, आवश्यक सामाग्रीहरू सहयोग गर्ने काम प्रदेश सरकारले गरिरहेको छ । 

संघ सरकारले प्रदेश सरकारलाई गत साता हस्तान्तरण गरेको प्रादेशिक आपत्कालीन गोदाम घरमा भएका सामग्रीले विपद्को पूर्व तयारीमा प्रदेश सरकारकालाई ठूलो मद्दत पुग्ने मुख्यमन्त्री पाण्डेले बताए ।

प्रकाशित मिति : ९ बैशाख २०८२, मंगलबार  २ : ३७ बजे

बिग्रिएका सडकबारे गुनासो गर्न ‘सडक सुझाव एप’ सञ्चालन

काठमाडौं– काठमाडौं उपत्यकाभित्र बिग्रिएका सङ्घीय सडकको मर्मतलाई प्रभावकारी बनाउन ‘सडक

सवारी दुर्घटनामा चालकको मृत्यु

इलाम– स्थानीय देउमाई नगरपालिका–१ बाट देउरालीतर्फ गइरहेको प्रदेश १–०१–००१ ज

मुद्दाको चापपछि काभ्रे अदालतमा चार इजलासबाट सुनुवाइ 

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोक जिल्ला अदालतमा अब चार वटा इजलासबाट मुद्दाको सुनुवाइ

रसुवा बाढी : उच्चस्तरीय संयन्त्रसँगै संसदीय समिति पनि गठन हुने 

काठमाडौं– रसुवा बाडीलाई लिएर उच्चस्तरीय राजनीति संयन्त्रसँगै संसदीय समिति पनि

जलवायु परिवर्तनले विश्वको पानी चक्र अनियमित बन्दै : डब्लुएमओ

जेनेभा– विश्वमा पानीको चक्र झन् अनियमित बन्दै गएको संयुक्त राष्ट्रसङ्घले