जलविद्युत आयोजनाका कर्मचारीको मृत्यु « Khabarhub

जलविद्युत आयोजनाका कर्मचारीको मृत्यु


९ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

पोखरा– म्याग्दीको रघुगंगा गाउँपालिका–८,बन्दीमा निर्माणाधीन जलविद्युत आयोजनाका कर्मचारी हरिओम चौधरीको मृत्यु भएको छ । तुँदी पावर प्रवर्द्धक रहेको ३७.५ मेगावाट क्षमताको मंगले राहुघाट जलविद्युत् आयोजनामा कार्यरत बारा जिल्ला कोल्हवी नगरपालिका–६, कुमरगढीका २७ वर्षीय चौधरी कामबाट फर्किने क्रममा मंगलबार अचानक बेहोस भई ढलेका थिए । 

उपचारका क्रममा बेनी प्रादेशिक अस्पतालमा ल्याइएका चौधरीलाई चिकित्सकले मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक एवं सूचना अधिकारी सागर पौडेलले जानकारी दिए । मृतकका आफन्त कमलबाबु चौधरीका अनुसार, सिविएम डब्लुई कम्पनीमार्फत हरिओम आयोजनामा जोडिएका हुन् । चौधरीले वेल्डिङको काम गर्थे । 

कम्पनीले ७ देखि कार्यरत चौधरीको बिमा समेत नगरेको पाइएको छ । मजदुरलाई जोखिमपूर्ण काममा लगाएर बिमा समेत नगरेपछि आफन्तले कानुनी कारबाहीको माग गरेका छन् । 

कम्पनीको लापरवाहीको कारण हरिओमको मृत्यु भएको र कम्पनीले गुनासो सुनुवाइ नगरेको भन्दै उचित क्षतिपूर्ति नदिएको खण्डमा शव नबुझ्ने परिवारले अडान लिएका छन् । हरिओमको शव अहिले बेनी प्रादेशिक अस्पतालको शवगृहमा राखिएको छ ।

प्रकाशित मिति : ९ बैशाख २०८२, मंगलबार  २ : ४८ बजे

चिसो मौसममा बालबालिकाको स्याहार कसरी गर्ने ?

अहिले हामी माघको मध्यमा छौं । सामान्यतया मङ्सिरदेखि नै चिसो

यी हुन् प्रत्यक्षतर्फ जसपा नेपालका उम्मेदवार : सप्तरी २ बाट ३ मा पुगे उपेन्द्र

काठमाडौं- जनता समाजवादी पार्टी नेपालले फागुन २१ गते हुन लागेको

सरुवा रोग अस्पतालको निर्देशकमा डा. अनुप बास्तोला नियुक्त

काठमाडौं– टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको निर्देशकमा डा.

आमाहरूको निर्वाचन प्रहरी बन्ने रहर

वीरगञ्ज– पर्साको विन्दवासिनी गाउँपालिका– १ स्थायी घर भएकी शिशकुमारीदेवी विनिन्

बेदना निर्देशित नाटक ‘ए थिबेउ’ शुक्रबारदेखि शिल्पी थिएटरमा

काठमाडौं – नायिका बेदनाका राईको निर्देशनमा नाटक ‘ए थिबेउ !’