भीमाद नगरपालिकाका पूर्वमेयर थापाको निधन « Khabarhub

भीमाद नगरपालिकाका पूर्वमेयर थापाको निधन


९ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


555
Shares
  • change font
  • change font
  • change font

पोखरा– तनहुँको भीमाद नगरपालिकाका पूर्वमेयर मेखबहादुर थापाको निधन भएको छ । ५५ वर्षे थापाको सोमबार दिउँसो काठमाडौंस्थित किष्ट अस्पतालमा उपचारका क्रममा निधन भएको हो । 

नेकपा एमाले भीमाद नगर कमिटीका अध्यक्ष इमानबहादुर थापाका अनुसार, मेखबहादुर थापा लामो समयदेखि कलेजोसम्बन्धी समस्याबाट पीडित थिए । कलेजो प्रत्यारोपणको तयारी भइरहेका बेला उनको स्वास्थ्य अचानक बिग्रिएको थियो । 

आइतबार साँझदेखि भेन्टिलेटरमा राखेर उपचार गरिए पनि सोमबार निधन भएको हो । उनकी छोरी निशा थापा कलेजो दान दिन सहमत भएकी थिइन् ।

थापाको पार्थिव शरीर सोमबार रातिसम्म भीमाद–२ स्थित निजी निवासमा ल्याइएको थियो । मंगलबार नगरपालिकामा अन्तिम श्रद्धाञ्जलीका लागि राखेर  सेती नदी किनारमा अन्त्येष्टि गरिएको छ । नेकपा एमाले स्थायी समिति सदस्य खगराज अधिकारी लगायत नेताले उनको पार्थिव शरीरमा एमालेका झन्डा ओढाएका छन् । 

२०७४ सालको स्थानीय निर्वाचनमा नेकपा एमालेबाट मेयरमा निर्वाचित भएका थापाले आफ्नो कार्यकालमा नगर विकासमा सक्रिय भूमिका खेलेका थिए। उनका एक छोरा र एक छोरी छन् ।

गएको फागुन २३ गते उनकी पत्नी भोविमाया थापाको मिर्गौलाको रोगका कारण निधन भएको थियो । पत्नीको मृत्यु भएको डेढ महिनामै मेयर थापाको मृत्यु भएको हो ।

प्रकाशित मिति : ९ बैशाख २०८२, मंगलबार  ३ : ३४ बजे

एक महिलासँगको टेलिफोन अडियो प्रकरणमा सांसद सुनारमाथि रास्वपाबाट छानबिन सुरु

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसद खगेन्द्र सुनारमाथि

कांग्रेस महिलातर्फ केन्द्रीय सदस्यमा बासना थापालाई धेरै मतको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य महिलातर्फ १५

‘डिजिटल त्रिवि’देखि ‘रिसर्च युनिभर्सिटी’सम्म : के–के हुँदैछन् नयाँ काम ?

काठमाडौँ- त्रिभुवन विश्वविद्यालयले आफ्नो प्रशासनिक, शैक्षिक तथा प्राज्ञिक संरचनालाई समयानुकूल

पोखरा-भरतपुर-लुम्बिनीबीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल

पाेखरा- देशका मुख्य पर्यटकीय गन्तव्य पोखरा, भरतपुर र लुम्बिनीलाई समेटेर

पोखरामा दसैँका लागि भेडाच्याङग्रा बिक्री गर्न हाटबजार सञ्चालन

कास्की– बडासैँलाई लक्षित गरी पोखरामा १४ हजार ८०० भेडाच्याङ्ग्रा भित्रिएका