भीमाद नगरपालिकाका पूर्वमेयर थापाको निधन « Khabarhub

भीमाद नगरपालिकाका पूर्वमेयर थापाको निधन


९ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


555
Shares
  • change font
  • change font
  • change font

पोखरा– तनहुँको भीमाद नगरपालिकाका पूर्वमेयर मेखबहादुर थापाको निधन भएको छ । ५५ वर्षे थापाको सोमबार दिउँसो काठमाडौंस्थित किष्ट अस्पतालमा उपचारका क्रममा निधन भएको हो । 

नेकपा एमाले भीमाद नगर कमिटीका अध्यक्ष इमानबहादुर थापाका अनुसार, मेखबहादुर थापा लामो समयदेखि कलेजोसम्बन्धी समस्याबाट पीडित थिए । कलेजो प्रत्यारोपणको तयारी भइरहेका बेला उनको स्वास्थ्य अचानक बिग्रिएको थियो । 

आइतबार साँझदेखि भेन्टिलेटरमा राखेर उपचार गरिए पनि सोमबार निधन भएको हो । उनकी छोरी निशा थापा कलेजो दान दिन सहमत भएकी थिइन् ।

थापाको पार्थिव शरीर सोमबार रातिसम्म भीमाद–२ स्थित निजी निवासमा ल्याइएको थियो । मंगलबार नगरपालिकामा अन्तिम श्रद्धाञ्जलीका लागि राखेर  सेती नदी किनारमा अन्त्येष्टि गरिएको छ । नेकपा एमाले स्थायी समिति सदस्य खगराज अधिकारी लगायत नेताले उनको पार्थिव शरीरमा एमालेका झन्डा ओढाएका छन् । 

२०७४ सालको स्थानीय निर्वाचनमा नेकपा एमालेबाट मेयरमा निर्वाचित भएका थापाले आफ्नो कार्यकालमा नगर विकासमा सक्रिय भूमिका खेलेका थिए। उनका एक छोरा र एक छोरी छन् ।

गएको फागुन २३ गते उनकी पत्नी भोविमाया थापाको मिर्गौलाको रोगका कारण निधन भएको थियो । पत्नीको मृत्यु भएको डेढ महिनामै मेयर थापाको मृत्यु भएको हो ।

प्रकाशित मिति : ९ बैशाख २०८२, मंगलबार  ३ : ३४ बजे

पूर्वी अस्ट्रेलियामा गोली हानाहान हुँदा तीन जनाको मृत्यु

सिड्नी- अस्ट्रेलियाको पूर्वी राज्य न्यू साउथ वेल्सस्थित सिड्नीको पश्चिममा बिहीबार

मुस्ताङमा उम्मेदवारविरुद्ध कसैको परेन उजुरी

मुस्ताङ– मुस्ताङमा कुनै पनि राजनीतिक दलका उम्मेदवारविरुद्ध कसैको उजुरी नपरेको

ग्रिनल्यान्डको सार्वभौमसत्ताबारे वार्ता हुँदैन : डेनमार्क

कोपनहेगन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्यान्डसम्बन्धी अडान परिवर्तन गरेपछि पनि

झापा क्षेत्र नम्बर ५ मा सबैभन्दा बढी मतदाता

झापा– जिल्लाका पाँचवटा निर्वाचन क्षेत्रमध्ये सबैभन्दा बढी मतदाता क्षेत्र नम्बर

फागुन पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुग्छ : आयोग

काठमाडौं– निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि