प्रचण्डले फेरि लगाए कम्युनिस्ट एकताको रटान  « Khabarhub

प्रचण्डले फेरि लगाए कम्युनिस्ट एकताको रटान 


९ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको कम्युनिष्ट आन्दोलनको ऐतिहासिक यात्रा, वर्तमान अवस्था र भावी दिशाबारे मन्तव्य व्यक्त गर्दै लेनिनको जन्मजयन्तीका दिन पार्टीको स्थापना हुनु ऐतिहासिक संयोग मात्र नभई प्रेरणाको विषय भएको बताए। 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को ७७औँ स्थापना दिवस तथा १५६औँ लेनिन जयन्तीका अवसरमा आज पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

दाहालको सचिवालयका अनुसार उनले ‘लेनिनबाट प्रेरणा लिएर स्थापना गरिएको नेपाल कम्युनिष्ट पार्टी आज ७७ वर्षको भएको छ, जुन सम्पूर्ण कम्युनिष्ट आन्दोलनका लागि गर्वको विषय हो’, भने। 

उनले कम्युनिष्ट पार्टीको सङ्घर्षपूर्ण इतिहासको चर्चा गर्दै कम्युनिष्ट आन्दोलनले विभाजन र बलिदानबीच आजको अवस्थामा आइपुगेको उल्लेख गर्दै भने, ‘आजको आवश्यकता कम्युनिष्टहरूलाई  फेरि एकताबद्ध गर्नु हो। हामी विचार, सिद्धान्त र सच्चा कम्युनिष्टहरूका वैचारिक आधारमा एकता चाहन्छौँ । जनतामाझ पुगेर आफ्ना कमजोरीहरू सच्च्याउने प्रक्रियामा छौँ ।’
 

प्रकाशित मिति : ९ बैशाख २०८२, मंगलबार  ३ : ३९ बजे

रसुवा बाढी : उच्चस्तरीय संयन्त्रसँगै संसदीय समिति पनि गठन हुने 

काठमाडौं– रसुवा बाडीलाई लिएर उच्चस्तरीय राजनीति संयन्त्रसँगै संसदीय समिति पनि

जलवायु परिवर्तनले विश्वको पानी चक्र अनियमित बन्दै : डब्लुएमओ

जेनेभा– विश्वमा पानीको चक्र झन् अनियमित बन्दै गएको संयुक्त राष्ट्रसङ्घले

अब्बासलाई महासभामा सहभागी हुन अमेरिकाले दिएन भिसा

एजेन्सी– संयुक्त राज्य अमेरिकाले प्यालेस्टिनी प्राधिकरणका अध्यक्ष महमुद अब्बासलाई अर्को

भोटेकोशी बाढी : १ हजार ४ सय ९ जनाको शव भेटियो

काठमाडौं– रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण बिहीबार बिहान ११ बजेसम्म

राष्ट्रपतिसमक्ष अख्तियारको वार्षिक प्रतिवेदन पेस

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष