प्रचण्डले फेरि लगाए कम्युनिस्ट एकताको रटान  « Khabarhub

प्रचण्डले फेरि लगाए कम्युनिस्ट एकताको रटान 


९ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको कम्युनिष्ट आन्दोलनको ऐतिहासिक यात्रा, वर्तमान अवस्था र भावी दिशाबारे मन्तव्य व्यक्त गर्दै लेनिनको जन्मजयन्तीका दिन पार्टीको स्थापना हुनु ऐतिहासिक संयोग मात्र नभई प्रेरणाको विषय भएको बताए। 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को ७७औँ स्थापना दिवस तथा १५६औँ लेनिन जयन्तीका अवसरमा आज पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

दाहालको सचिवालयका अनुसार उनले ‘लेनिनबाट प्रेरणा लिएर स्थापना गरिएको नेपाल कम्युनिष्ट पार्टी आज ७७ वर्षको भएको छ, जुन सम्पूर्ण कम्युनिष्ट आन्दोलनका लागि गर्वको विषय हो’, भने। 

उनले कम्युनिष्ट पार्टीको सङ्घर्षपूर्ण इतिहासको चर्चा गर्दै कम्युनिष्ट आन्दोलनले विभाजन र बलिदानबीच आजको अवस्थामा आइपुगेको उल्लेख गर्दै भने, ‘आजको आवश्यकता कम्युनिष्टहरूलाई  फेरि एकताबद्ध गर्नु हो। हामी विचार, सिद्धान्त र सच्चा कम्युनिष्टहरूका वैचारिक आधारमा एकता चाहन्छौँ । जनतामाझ पुगेर आफ्ना कमजोरीहरू सच्च्याउने प्रक्रियामा छौँ ।’
 

प्रकाशित मिति : ९ बैशाख २०८२, मंगलबार  ३ : ३९ बजे

पूर्वी अस्ट्रेलियामा गोली हानाहान हुँदा तीन जनाको मृत्यु

सिड्नी- अस्ट्रेलियाको पूर्वी राज्य न्यू साउथ वेल्सस्थित सिड्नीको पश्चिममा बिहीबार

मुस्ताङमा उम्मेदवारविरुद्ध कसैको परेन उजुरी

मुस्ताङ– मुस्ताङमा कुनै पनि राजनीतिक दलका उम्मेदवारविरुद्ध कसैको उजुरी नपरेको

ग्रिनल्यान्डको सार्वभौमसत्ताबारे वार्ता हुँदैन : डेनमार्क

कोपनहेगन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्यान्डसम्बन्धी अडान परिवर्तन गरेपछि पनि

झापा क्षेत्र नम्बर ५ मा सबैभन्दा बढी मतदाता

झापा– जिल्लाका पाँचवटा निर्वाचन क्षेत्रमध्ये सबैभन्दा बढी मतदाता क्षेत्र नम्बर

फागुन पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुग्छ : आयोग

काठमाडौं– निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि