थामेवासीलाई सहयोग गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री  « Khabarhub

थामेवासीलाई सहयोग गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री 


९ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

सोलुखुम्बु– प्रधानमन्त्री केपी शर्मा ओलीले जलवायु परिवर्तनका कारण दुःख, कष्ट झेलिरहेका थामे क्षेत्रका बासिन्दालाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
 
‘सगरमाथा संवाद’को पूर्वसन्ध्या सगरमाथा क्षेत्रको थामे गाउँमा आयोजित ‘आरोही सम्मेलन, जलवायु न्यायका लागि संवाद’ विषयक सम्मेलनलाई आज शुभकामना दिनुहुँदै थामेवासीलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
 
प्रधानमन्त्री ओलीले शुभकामना सन्देशमार्फत थामेमा आयोजित जलवायुपरिवर्तनसँग यस किसिमको सम्मेलनबाट प्राप्त निष्कर्षले ‘सगरमाथा संवाद’को छलफललाई सार्थक र परिणाममुखी बनाउने आशा व्यक्त गरेका छन् ।  
 
अन्तर्राष्ट्रिय पृथ्वी दिवसका अवसरमा जलवायु न्यायको क्षेत्रमा काम गर्दै आएको संस्था ‘साथसाथै फाउन्डेसन’ले तिनै तहको सरकारको प्रत्यक्ष संलग्नतामा बाढी प्रभावित क्षेत्र थामेमा ‘आरोही सम्मेलन, जलवायु न्यायका लागि संवाद’ शीर्षकको कार्यक्रम आयोजना गरेको छ ।
 
उक्त कार्यक्रममा रक्षामन्त्री मानवीर राई, वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही, कतारकी राजकुमारी तथा सगरमाथा आरोही आस्मा अलथानीसहितको सहभागिता रहेको छ । तीन हजार ८०० मिटरको उचाइमा रहेको हिमपहिरोले क्षतिग्रस्त बस्ती थामेमा आयोजित सम्मेलनमा विश्वविख्यात आरोही मिङमा डेबिड शेर्पा, कान्छो आरोही तेम्बा छिरी शेर्पासहितका पर्वतारोहीहरू समेत उपस्थित थिए।  
 
खुम्बु पासाङ ल्हामु गाउँपालिका, कोशी प्रदेश सरकारको पर्यटन वन तथा वातावरण  मन्त्रालय र सङ्घ सरकारको वन तथा वातावरण मन्त्रालयको सहकार्यमा सो संस्थाले ‘सगरमाथा संवाद’को पूर्वसन्ध्यामा थामेमा जलवायु परिवर्तनसम्बन्धी सम्मेलन आयोजना गरेको हो ।

 नेपाल पर्यटन बोर्ड, नेपाल पर्वतारोहण सङ्घसहित विभिन्न सङ्घसंस्थाको समेत सो सम्मेलनमा सहकार्य रहेको छ ।

प्रकाशित मिति : ९ बैशाख २०८२, मंगलबार  ४ : ५४ बजे

एक महिलासँगको टेलिफोन अडियो प्रकरणमा सांसद सुनारमाथि रास्वपाबाट छानबिन सुरु

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसद खगेन्द्र सुनारमाथि

कांग्रेस महिलातर्फ केन्द्रीय सदस्यमा बासना थापालाई धेरै मतको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य महिलातर्फ १५

‘डिजिटल त्रिवि’देखि ‘रिसर्च युनिभर्सिटी’सम्म : के–के हुँदैछन् नयाँ काम ?

काठमाडौँ- त्रिभुवन विश्वविद्यालयले आफ्नो प्रशासनिक, शैक्षिक तथा प्राज्ञिक संरचनालाई समयानुकूल

पोखरा-भरतपुर-लुम्बिनीबीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल

पाेखरा- देशका मुख्य पर्यटकीय गन्तव्य पोखरा, भरतपुर र लुम्बिनीलाई समेटेर

पोखरामा दसैँका लागि भेडाच्याङग्रा बिक्री गर्न हाटबजार सञ्चालन

कास्की– बडासैँलाई लक्षित गरी पोखरामा १४ हजार ८०० भेडाच्याङ्ग्रा भित्रिएका