धनकुटाबाट २० किलो गाँजासहित एक जना पक्राउ « Khabarhub

धनकुटाबाट २० किलो गाँजासहित एक जना पक्राउ


९ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनकुटा– धनकुटाबाट २० किलो गांजा र मोटरसाइकल सहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको सांगुरीगढी गाउंपालिका ७ का २० बर्षिया अबि तामाङ रहेका छन् ।

आज धरानतर्फ  जाँदै गरेको बा ७३ प ३९१५ नम्बरको कालो रङको मोटरसाइकललाई लेउती खोलाको पुलमा रोकी जाँच गर्ने क्रममा उक्त मोटरसाइकलमा लोड गरी लाँदै गरेको अवस्थामा जेब्रा झोलाभित्र लागूऔषध गाँजा २० केजी फेला परेको हो ।

उक्त गाँजा र मोटरसाइकल सहित तामाङलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिए । गाँजासहित पक्राउ परेका तामाङको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ९ बैशाख २०८२, मंगलबार  ७ : ४१ बजे

धार्मिक पर्यटकीय गन्तव्य बन्दै भोजपुरको ‘महादेव थान’

भोजपुर– भोजपुरको हतुवागढी गाउँपालिका–१ स्थित कावा खोलाको किनारमा रहेको ऐतिहासिक

कांग्रेस सहमहामन्त्रीमा खतिवडा र सिवाकोटी अगाडि

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत सहमहामन्त्री (खुला २) पदका

विश्वकप लिग- २ : आज नेपाल र ओमान खेल्दै

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ श्रृंखलामा आज नेपालले ओमानसँग प्रतिस्पर्धा

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

गायिका एलिना र मेलिनाबीच मनमुटाव : एउटै फेसन व्यवसायका पूर्वसहयोगी अब प्रतिस्पर्धी

कुनै समय एउटै व्यवसायमा सहकार्य गरेका गायिका एलिना चौहान र