विद्युतीय खरिदसम्बन्धी आधारभूत तालिम « Khabarhub

विद्युतीय खरिदसम्बन्धी आधारभूत तालिम


८ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

पाटन– सार्वजनिक खरिद अनुगमन कार्यालय काठमाडौं र बागमती गाउँपालिका पूर्वाधार विकास संस्थाद्वारा संयुक्त रूपमा विद्युतीय खरिदसम्बन्धी आधारभूत तालिम आयोजना गरिएको छ ।  

सो अवसरमा बागमती गाउँपालिकाका अध्यक्ष वीरबहादुर लोप्चनले दीर्घकालीन योजना अनुरूप विकास निर्माणका लागि अनुकूल नीतिगत व्यवस्था गरिनुपर्नेमा जोड दिए  ।

‘सूचना प्रविधिको युगमा पारदर्शिता, प्रतिस्पर्धा र जबाफदेहितालाई सुनिश्चित गर्न विद्युतीय खरिद प्रणाली एक आवश्यक उपकरण बनेको छ । यस प्रणालीबाट सार्वजनिक खरिद प्रक्रियामा हुने अनियमितता, ढिलासुस्ती तथा अपारदर्शिता हटाउन सकिन्छ, यसबाट सरकारको खर्चमा पारदर्शिता ल्याउन सहयोग पुर्‍याएको छ ।’ उनले भने ।

सार्वजनिक खरिद अनुगमन कार्यालयका सहसचिव रामचन्द्र दङ्गालले अनलाइनबाट सेवा प्रवाह गर्ने पद्धतिको विकास भएको वर्तमान समयमा बोलपत्रदाता विद्युतीय खरिद प्रणालीमा अद्यावधिक हुनु अनिवार्य भएको बताए । 

कार्यक्रममा बागमती गाउँपालिकाका उपाध्यक्ष भक्तबहादुर दर्लामी, निर्माण व्यवसायी सङ्घ ललितपुरका वरिष्ठ उपाध्यक्ष भगीरथ तिमल्सिनालगायतले धारणा राखेका थिए । 

प्रकाशित मिति : ८ जेठ २०८२, बिहीबार  ७ : ३१ बजे

कांग्रेस महाधिवेशन: सभापतिको मतगणना आजै राष्ट्रिय सभागृहमा हुने, अन्य पदको सानेपामा गरिने

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सभापति पदका लागि खसेको

दोलखामा विकास निर्माणका काम अलपत्र पार्ने २२ निर्माण व्यवसायीको ठेक्का तोडिए

दोलखा – दोलखामा वर्षौंदेखि विकास निर्माणका काम अलपत्र पार्ने २२

गगन थापाले राष्ट्रिय सभागृहमा पुगेर गरे मतदान

काठमाडौँ – नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगनकुमार थापाले राष्ट्रिय सभागृहमा

शनिबार ककरोचले नयाँ दिल्लीमा विशाल प्रदर्शन गर्दै, सुरक्षा चुस्त

नयाँ दिल्ली- मतदाता सूचीमा अनियमितता भएको आरोप लगाउँदै निर्वाचन आयोगका