पोखरालाई ‘खेलकुद हब’ बनाउने गरी बजेट व्यवस्था गरिने « Khabarhub

पोखरालाई ‘खेलकुद हब’ बनाउने गरी बजेट व्यवस्था गरिने


८ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

कास्की – युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले पोखरालाई खेलकुदको हब बनाउने गरी आवश्यक पूर्वाधार निर्माण गर्न आगामी बजेटमा व्यवस्था गरिने बताएका छन् ।

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आज पोखरामा आयोजना गरेको पत्रकार भेटघाटमा उनले पोखरा फुटबल मैदानको मर्मत सम्भार र क्रिकेट रङ्गशालाका लागि बजेट विनियोजन गरिने बताए।

“चालू आर्थिक वर्षमा पोखरामा खेलकुद पूर्वाधारका बजेट भएन, त्यसैले काम गर्न सकेनौँ । पोखरालाई खेलकुदको हब बनाउन पहिलेभन्दा बढी विनियोजन हुन्छ”, मन्त्री चौधरीले भने ।

पोखरा रङ्गशालामा धेरै खेलकुदका पूर्वाधार एकै ठाउँमा रहेकाले पोखरा ‘स्पोर्टस् हब’ बन्न सक्ने उनको भनाइ छ । “खेलकुद मन्त्रालयले पोखरालाई पूर्वाधार निर्माणका लागि प्राथमिकतामा राखेको छ”, उनले भने ।

मन्त्री चौधरीले खेलाडी तथा युवाहरुलाई विदेशपलायन हुनबाट रोक्ने कार्यक्रम ल्याउन लागेको जानकारी दिए। खेलकुद क्षेत्रमा सामाजिक उत्तरदायित्वका कार्यक्रममार्फत यस क्षेत्रमा परिर्वतन ल्याइने उनले बताए ।

खेलकुदमन्त्री चौधरीले दशौँ राष्ट्रिय खेलकुदका लागि पर्याप्त तयारी गरेर मात्र मिति घोषणा गरिने बताए ।

प्रकाशित मिति : ८ जेठ २०८२, बिहीबार  ८ : ५२ बजे

बाबुछोराको झगडा छुट्याउन गएका छिमेकीको मृत्यु

त्रिशूली – नुवाकोटको दुप्चेश्वर गाउँपालिका– १ स्थित घ्याङफेदीमा बाबुछोराको झगडा

प्रहरी हिरासत र जिल्ला कारागारको अनुगमन

किमाथांका–  कोशी प्रदेश मुख्य न्यायाधिवक्ताको कार्यालयले यहाँस्थित जिल्ला प्रहरीको हिरासत

उपेन्द्र भन्छन- मधेशको अधिकार र पहिचानका लागि धेरै लड्यौँ, अब कसैले हेप्न सक्दैनन्

राजविराज- जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेशको अधिकार,

युरोपियन युनियनसँग ऐतिहासिक स्वतन्त्र व्यापार सम्झौतापछि भारत उत्साहित

काठमाडौं- भारत र युरोपियन युनियन (ईयू) बीच स्वतन्त्र व्यापार सम्झौता