ढोरपाटनका मेयर देवकुमार नेपालीलाई २० लाख धरौटीमा छोड्न आदेश « Khabarhub

ढोरपाटनका मेयर देवकुमार नेपालीलाई २० लाख धरौटीमा छोड्न आदेश


८ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


669
Shares
  • change font
  • change font
  • change font

पोखरा – जिल्ला अदालत कास्कीले सूर्यदर्शन सहकारी ठगी प्रकरणमा बागलुङ ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई धरौटीमा छोड्न आदेश दिएको छ ।

न्यायाधीश कृष्णजंग शाहको इजलासले उनलाई २० लाख धरौटीमा छोड्न आदेश दिएको हो। धरौटी नबुझाएपछि उनलाई अदालतले नियमाअनुसार थुनामा राख्न पत्र पठाएको छ। उनी हाल बागलुङ कारागारमा छन् ।

उनीविरुद्ध कास्की अदालतमा इमेज सहकारी ठगी प्रकरणको पनि मुद्दा छ। उनलाई आइतबार उपस्थित गराउने पत्र पठाइएको कास्की जिल्ला अदालतले जनाएको छ।

उनलाई ईमेज बचत तथा ऋण सहकारी संस्थाको ठगी प्रकरणमा जिल्ला अदालत बागलुङले थुनामा पठाउन आदेश दिएको थियो । कास्की अदालतमा पनि उनी विरुद्ध मुद्धा छ ।

प्रकाशित मिति : ८ जेठ २०८२, बिहीबार  ९ : ५१ बजे

बाबुछोराको झगडा छुट्याउन गएका छिमेकीको मृत्यु

त्रिशूली – नुवाकोटको दुप्चेश्वर गाउँपालिका– १ स्थित घ्याङफेदीमा बाबुछोराको झगडा

प्रहरी हिरासत र जिल्ला कारागारको अनुगमन

किमाथांका–  कोशी प्रदेश मुख्य न्यायाधिवक्ताको कार्यालयले यहाँस्थित जिल्ला प्रहरीको हिरासत

उपेन्द्र भन्छन- मधेशको अधिकार र पहिचानका लागि धेरै लड्यौँ, अब कसैले हेप्न सक्दैनन्

राजविराज- जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेशको अधिकार,

युरोपियन युनियनसँग ऐतिहासिक स्वतन्त्र व्यापार सम्झौतापछि भारत उत्साहित

काठमाडौं- भारत र युरोपियन युनियन (ईयू) बीच स्वतन्त्र व्यापार सम्झौता