तिनाउ खोलामा डुबेर भारतीय नागरिक बेपत्ता « Khabarhub

तिनाउ खोलामा डुबेर भारतीय नागरिक बेपत्ता


८ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

पाल्पा – पाल्पाको तिनाउ खोलामा डुबेर एक भारतीय नागरिक बेपत्ता भएका छन् ।

आज दिउँसो तिनाउ गाउँपालिका–३ स्थित तिनाउखोला ड्यामसाइडमा भारतको महाराजगञ्ज नौतनहवाका १८ वर्षीय सोयव अन्सारी पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका हुन् ।

उनीसँग चार जना साथी घुम्न आएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुनील मल्लले जानकारी दिए । उनका अनुसार बेपत्ता अन्सारीको खोजी भइरहेको छ ।

साथीहरु भने सकुशल छन् । यहाँ गर्मी सुरु भएसँगै हरेक वर्ष भारतबाट पर्यटक घुम्न आउने गर्दछन् । गर्मी छल्न यहाँ आउने प्राय पौडी खेल्न तिनाउ खोला जाने गरेका छन् ।

प्रकाशित मिति : ८ जेठ २०८२, बिहीबार  १० : ४६ बजे

बाबुछोराको झगडा छुट्याउन गएका छिमेकीको मृत्यु

त्रिशूली – नुवाकोटको दुप्चेश्वर गाउँपालिका– १ स्थित घ्याङफेदीमा बाबुछोराको झगडा

प्रहरी हिरासत र जिल्ला कारागारको अनुगमन

किमाथांका–  कोशी प्रदेश मुख्य न्यायाधिवक्ताको कार्यालयले यहाँस्थित जिल्ला प्रहरीको हिरासत

उपेन्द्र भन्छन- मधेशको अधिकार र पहिचानका लागि धेरै लड्यौँ, अब कसैले हेप्न सक्दैनन्

राजविराज- जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेशको अधिकार,

युरोपियन युनियनसँग ऐतिहासिक स्वतन्त्र व्यापार सम्झौतापछि भारत उत्साहित

काठमाडौं- भारत र युरोपियन युनियन (ईयू) बीच स्वतन्त्र व्यापार सम्झौता