बंगलादेशलाई अष्ट्रेलियाका ४१ सांसदको आग्रह : तत्काल चुनाव गराऊ « Khabarhub

बंगलादेशलाई अष्ट्रेलियाका ४१ सांसदको आग्रह : तत्काल चुनाव गराऊ


८ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अष्ट्रेलियाका सांसदहरुको टोलीले बंगलादेशको अन्तरिम सरकारलाई तत्काल निर्वाचनको खाका तयार पार्न आग्रह गरेका छन् । अष्ट्रेलियाको दुवै सदनका ४१ जना सदस्यहरुको टोलीले अन्तरिम सरकारलाई तत्काल र पारदर्शी रुपमा स्वतन्त्र निष्पक्ष र विश्वसनीय निर्वाचनको खाका तयार पार्न आग्रह गरेका हुन् ।

बंगलादेशमा लोकतान्त्रिक वैधताको बहाली र स्थीरताका लागि समावेशी निर्वाचन अपरिहार्य रहेको उनीहरुको ठहर छ । उनीहरुले बंगलादेशको राजनीतिक अवस्थाप्रति चिन्ता पनि व्यक्त गरेका छन् ।

उनीहरुले सबै राजनीतिक दललाई चुनावमा समान प्रतिनिधित्व प्रत्याभूति गर्नका लागि व्यवस्थापकीय तथा कार्यकारी कदम चाल्न पनि बंगलादेश सरकारसमक्ष आग्रह गरेका छन् । अष्ट्रेलियाका सांसदहरुले गत जुलाई महिनामा भएको आन्दोलनका क्रममा प्रहरीका तर्फबाट भएको भनिएका ज्यादतीबारे पारदर्शी अनुसन्धान गर्न पनि आह्वान गरेका छन् ।

हाल नोबेल पुरस्कार विजेता मोहम्मद युनुसको नेतृत्वमा रहेको बंगलादेशमा धार्मिक अल्पसङ्ख्यकमाथि दमन र हिंसाका घटना बढिरहेका बेला अष्ट्रेलियाका सांसदको टोलीले यस्तो आग्रह गरेको हो ।

प्रकाशित मिति : ८ जेठ २०८२, बिहीबार  १२ : १५ बजे

मालवाहक सवारी बाटोमै अलपत्र, चालकलाई सास्ती

चितवन- निरन्तरको भारी वर्षासँगै मुख्य राजमार्गमा पहिरो खसेपछि काठमाडौँतर्फ जाँदै गरेका

अर्थमन्त्री, गृहमन्त्री र पर्यटनमन्त्रीले एयरपोर्ट पुगेर गरे प्रधानमन्त्रीको स्वागत

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह १४ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै

नयाँ बसपार्कमा लामो दूरीका बस थन्किए (तस्बिरहरू) 

काठमाडौं – काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्कमा लामो दूरीका बस थन्किएका छन्। निरन्तरको

मूलपानी–बोडे जोड्ने मनोहरा पुलमा आवतजावत बन्द

काठमाडौं– काठमाडौंको मूलपानी र भक्तपुरको बोडे जोड्ने मनोहरा खोलाको पुलमा

पहिरोका कारण कोरला सडक अवरुद्ध

मुस्ताङ– लगातार परेको वर्षाका कारण जोमसोम–कोरला सडक आजदेखि अवरुद्ध भएको