भिजिट भिसा प्रकरणमा अविलम्ब छानबिन समिति गठन गर्नुपर्छ : हितराज पाण्डे « Khabarhub

भिजिट भिसा प्रकरणमा अविलम्ब छानबिन समिति गठन गर्नुपर्छ : हितराज पाण्डे


८ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले भिजिट भिसा प्रकरणमा अविलम्ब छानबिन समिति गठन गर्न माग गरेका छन् ।

आइतबार प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयकमाथिको विभिन्न शीर्षकको छलफलमा भाग लिँदै पाण्डेले भिजिट भिसा प्रकरण राष्ट्रिय समस्या भएकाले माओवादीसँग भएको २ बुँदे सहमतिलाई कार्यान्वयन गर्दै अविलम्ब छानबिन समिति गठन गर्न माग गरेका हुन् ।

एक महिनाभित्र छानबिन समिति गठन गर्ने प्रतिबद्धता गृहमन्त्रीले रोष्ट्रमबाटै गरेकाले ढिलाइ नगर्न उनले आग्रह गरे । पाण्डेले भिजिट भिसा प्रकरणमा २ बुँदे सहमति गरेपछि पनि अहिलेसम्म समस्या समाधान नभएको धारणा राखे ।  

यसअघि भिजिट भिसा प्रकरणका कारण निरन्तर सदन अवरुद्ध भएपछि आवश्यक अध्ययन एवं छानबिन गर्ने प्रतिबद्धता जनाउँदै सत्तापक्षले माओवादीसँग २ बुँदे सहमति भएको थियो । सहमतिसँगै माओवादीले विरोधका कार्यक्रम रोके पनि रास्वपा र राप्रपाले भने छानबिन समितिको माग गर्दै सदनमा निरन्तर विरोध जनाउँदै आएका छन् ।

प्रकाशित मिति : ८ असार २०८२, आइतबार  २ : २६ बजे

मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज मंगलबार, भगवान गणेशको पूजा गर्नुहोस्

आज २०८३ साल असोज २० गते मंगलबार सन् २०२६ अक्टोबर

आज २०८३ साल असोज २० गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २० गते मंगलबार सन् २०२६

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७