इरानमा अमेरिकी आक्रमणको पाकिस्तानद्वारा कडा शब्दमा निन्दा, साउदीले भन्यो : सबै पक्ष संयमित बनौँ « Khabarhub

इरानमा अमेरिकी आक्रमणको पाकिस्तानद्वारा कडा शब्दमा निन्दा, साउदीले भन्यो : सबै पक्ष संयमित बनौँ


८ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.6k
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद– अमेरिकाले इरानका परमाणु स्थलहरूमा गरेको आक्रमणको पाकिस्तानले कडा शब्दमा निन्दा गरेको छ। 

पाकिस्तानले यस्ता आक्रमणहरूलाई अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन भनेको छ । इरानलाई आत्मरक्षा गर्ने पूर्ण अधिकार रहेको पनि पाकिस्तानले उल्लेख गरेको छ। 

पाकिस्तानको विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘संयुक्त राष्ट्र संघको चार्टरअनुसार इरानलाई आफ्नो सार्वभौमिकता र नागरिकहरूको सुरक्षाका लागि प्रत्युत्तर दिने अधिकार प्राप्त छ ।’

पाकिस्तानले चेतावनी दिँदै यदि यो तनाव अझै बढ्यो भने यसको प्रभाव केवल मध्यपूर्वमा मात्रै सीमित नहुने उल्लेख गरेको छ । उसले सम्पूर्ण विश्वमा पर्ने तनावका लागि अमेरिका र इजरायल जिम्मेवार हुनुपर्ने पनि उसले उल्लेख गरेको छ। ।

पाकिस्तानले सबै पक्षहरूलाई संयम अपनाउन, सर्वसाधारणको ज्यान र सम्पत्तिको रक्षा गर्न तथा तनावलाई तत्काल रोक्न आग्रह गरेको छ।

उता साउदी अरबले अमेरिकी आक्रमणपछि इरानलाई संयमित हुन आग्रह गरेको छ । 

इरानमाथिको अमेरिकी हवाई आक्रमणपछि साउदी अरबले प्रतिक्रिया दिँदै यस्तो भनेको हो । साउदी विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिमा विशेष गरी इरानका परमाणु साइटहरूमा भइरहेका आक्रमणहरूलाई लिएर गम्भीर चिन्ता जनाएको हो ।

साउदी अरबले अवस्था झन् खराब हुन नदिन  सबै पक्षहरूलाई संयम अपनाउन, तनावलाई अझ चर्किन नदिन र स्थिति नियन्त्रणमा राख्ने प्रयास गर्न आह्वान गरेको छ ।

प्रकाशित मिति : ८ असार २०८२, आइतबार  ४ : ४९ बजे

एनपीएलमा चाँदीको बल पुरस्कार, पहिलो विजेता बने शेर मल्ल !

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा एक्स्ट्रिम इनर्जी

सिरियामा जोर्डनको हवाई आक्रमण, तीन बालबालिकासहित सात जनाको मृत्यु

एजेन्सी– दक्षिणी सिरियाको दारा प्रान्तमा जोर्डनको हवाई आक्रमणमा तीन बालबालिकासहित

युक्रेनको ओलेस्कीमा मानवीय सहायता पुर्‍याउन सीमित युद्धविराम

 एजेन्सी – रुसी नियन्त्रणमा रहेको युक्रेनको दक्षिणी सहर ओलेस्कीमा मानवीय सहायता

कर्णालीले गुमायो तेस्रो विकेट

काठमाडौँ- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

सुडानमा ड्रोन हमला : २१ जनाको मृत्यु, ४० भन्दा बढी घाइते

खार्तुम- सुडानको पश्चिमी डार्फर क्षेत्रमा पर्ने न्याला सहरको एक बजारमा सोमबार