जेठमा प्रदर्शनमा आएका मध्ये धेरै नेपाली दर्शकले हेरेको फिल्म बन्यो ‘हाउसफुल ५’ « Khabarhub

जेठमा प्रदर्शनमा आएका मध्ये धेरै नेपाली दर्शकले हेरेको फिल्म बन्यो ‘हाउसफुल ५’


८ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बलिउड फिल्म ‘हाउसफुल’को सिक्वेल ‘हाउसफुल ५’ नेपालमा चौथो सातामा प्रदर्शनरत छ ।

हाल नेपालभर दैनिक ६०–७० शोका साथ यो फिल्म प्रदर्शनरत छ । चलचित्र विकास बोर्डका अनुसार यो फिल्मको सुरुवाती तीन साताको ग्रस कलेक्सन ४ करोड ७० लाख छ ।

जेठमा प्रदर्शनमा आएका हिन्दी, अंग्रेजी र नेपाली भाषाका अन्य फिल्मले यति ग्रस कलेक्सन गर्न नसकेको बोर्डको तथ्यांकले देखाउँछ ।

जेठमा प्रदर्शनमा आएर सबैभन्दा बढी व्यापार गर्ने नेपाली फिल्म चाहिँ ‘नरसिंहा : अभतार’ हो । यसको भन्दा ‘हाउसफुल’को व्यापार दोब्बरलेभन्दा धेरैले बढी छ ।

अर्थात्, जेठमा प्रदर्शनमा आएका फिल्महरु मध्ये धेरै दर्शकले हरेको फिल्म ‘हाउसफुल ५’ बनेको छ ।

बोर्डको तथ्यांकअनुसार १ लाख ४७ हजार ९१२ दर्शकले यो फिल्म हरेका छन् ।

जेठमा प्रदर्शनमा आएको मध्ये सबैभन्दा बढी दर्शकले हेरेको फिल्म ‘नरसिंहा : अभतार’ हो । जुन फिल्म हेर्न ६३ हजार २८२ दर्शक हलमा पुगेका छन् ।

‘हाउसफुल ५’ को कलेक्सन अझै बढ्ने देखिन्छ । सोमबार पनि यसले ६० भन्दा बढी शो पाएको छ ।

प्रकाशित मिति : ८ असार २०८२, आइतबार  ५ : ४७ बजे

सुदन किराँतीले चुनाव नलड्ने, हर्क र ध्रुवलाई सहयोग गर्ने घोषणा

काठमाडौं – पूर्वमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सुदन किराँतीले

तनहुँमा स्वर्णिम वाग्लेविरुद्ध चुनाव लड्दै शंकर भण्डारी

काठमाडौं- नेपाली कांग्रेसले तनहुँ–१ मा शंकर भण्डारीलाई उमेदवार बनाएको छ

सुदन गुरुङ गोरखा–१ मा रास्वपाको उम्मेदवार

५ माघ, काठमाडौं ।काठमाडौँ – हामी नेपाल नामक गैरसरकारी संस्थाका

सिरहा–१ मा कांग्रेसबाट रामसुन्दर चौधरीले पाए टिकट

काठमाडौं – नेपाली कांग्रेसले सिरहा निर्वाचन क्षेत्र–१ बाट प्रतिनिधिसभा सदस्यका

बागलुङमा नेकपा र जनमोर्चाबीच चुनावी तालमेल

पोखरा – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित