पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव थापासहित १६ विरुद्ध भ्रष्टाचार मुद्दा दायर « Khabarhub

पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव थापासहित १६ विरुद्ध भ्रष्टाचार मुद्दा दायर


८ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. मिलनकुमार थापा, तत्कालीन सदस्य सचिव तथा हाल परिषद् सदस्य राजुकुमार खत्री, तत्कालीन कार्यकारी निर्देशक डा। घनश्याम खतिवडासमेत १४ जना र दुई कम्पनीविरुद्ध भ्रष्टचार मुद्दा दायर गरेको छ ।

पशुपति क्षेत्र विकास कोषरसार्वजनिक संस्थाको सम्पत्ति हिनामिनारहानीनोक्सानी गरी गराई भ्रष्टाचार गरेको अभियोगमा अख्तियारले आज (आइतबार) विशेष अदालतमा आरोपपत्र दायर गरेको हो ।

थापा लगायतले बोलपत्रको मूल्याङ्कनमा प्रतिस्पर्धा सीमित गराएको, आपसी मिलोमतो तथा योजनामा आफूहरूलाई लाभ र पशुपति क्षेत्र विकास कोषरसार्वजनिक संस्थालाई हानि नोक्सानी पुर्‍याउने वदनियतले कोषमा भएका पूर्व अनुभव र कागजातहरूको प्रयोग समेत नगरी पशुपति क्षेत्र विकास कोषको लागि विद्युतीय शवदाह गृह जडान लगाएत काममा अनियमितता गरेको आरोपपत्रमा उल्लेख छ ।

कोषलाई ठेक्का सम्झौता रकम १० करोड ३३ लाख ९१ हजार ३० रुपैयाँ ३१ पैसा हिनामिना हानिनोक्सानी दुरुपयोग गरेरगराएकाले प्रतिवादीहरू उपर सजाय मागवादी लिई आज आरोपपत्र दायर गरेको हो ।

प्रकाशित मिति : ८ असार २०८२, आइतबार  ६ : ४७ बजे

फिल्म ‘गौँथली’ : डाक्टरको एक्सन कट, फेरि टिकट किन्ने कुरा !

काठमाडौँ- डा. भोला रिजाल पेसाले चन्द चिकीत्सक हुन् । बेलायतमा

कसरी चल्दैछ बालेन सरकार ? थिति बसाल्दैछ कि बेथितिको सुरुवात ?

काठमाडौँ – फागुन २१ गते भएको निर्वाचनमार्फत् झण्डै दुई तिहाई

मेची राजमार्गको राजदुवाली खण्ड भासियो, यातायात अवरुद्ध

इलाम– मेची राजमार्गअन्तर्गत इलामको गोलाखर्क–राजदुवाली सडकखण्ड अवरुद्ध भएको छ ।

बैंककको एक बारमा भीषण आगलागी : २७ जनाको मृत्यु, ६० बढी घाइते

बैंकक– थाइल्याण्डको राजधानी बैंककस्थित एक बारमा आगलागी हुँदा कम्तिमा २७

अर्थसहित चारवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका विभिन्न चारवटा समितिको बैठक आज