आज २०८२ साल साउन ६ गते मंगलबारको राशिफल « Khabarhub

आज २०८२ साल साउन ६ गते मंगलबारको राशिफल


६ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल साउन ६ गते मंगलबार। साउन कृष्ण पक्षको द्वादशी तिथि। तदनुसार सन् २०२५ जुलाई २२ तारिख। प्रदोष व्रत। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन राम्रो छ। गुम्न लागेको धन प्राप्त हुनेछ। व्यापारमा गरेको लगानीबाट उन्नती हुनेछ। दाजुभाइको संगतले भाग्यको उदय हुनेछ। राजनीतिक क्षेत्रमा सचेत बन्नुपर्नेछ। शिक्षामा फाइदा हुनेछ।

वृष : दिन राम्रो छ। तपाईंको बोलीको प्रभावले राम्रो काम बन्नेछ। धन आर्जन हुनेछ। राज्यको सेवा गर्ने अवसर मिल्नेछ। स्वास्थ्यको सुधारका लागि खानपानमा विशेष ख्याल गर्नुपर्नेछ।

मिथुन : दिन राम्रो छ। विज्ञसँगको भेट रमाइलो बन्नेछ। अभिभावकको साथ मिल्नेछ। धार्मिक कार्यमा सहभागी हुने अवसर मिल्नेछ। स्वास्थ्यमा सुधार हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कर्कट : दिन राम्रो छ। सम्पत्ति खर्च गरेर राजनीतिमा नाम कमाउने दिन छ। बौद्धिक व्यक्तिको साथ मिल्नेछ। विवाद नगर्नु उचित हुन्छ। शिक्षामा थप मिहिनेत गरेमा नाफा हुनेछ।

सिंह : दिन सामान्य छ। शनिको प्रभावले मनमा चिन्ता थपिने छ। पन्छीलाई दान प्रदान गरेर दिनको सुरुवात गरेमा फाइदा हुनेछ। आम्दानी बढ्नेछ। राजनीतिक क्षेत्रमा भने सचेत बन्नुपर्ने समय आएको छ।

कन्या : दिन राम्रो छ। कृषिको व्यापारमा फाइदा हुनेछ। जमिनको कारोबारबाट लाभ प्राप्त हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ। राजनीतिक क्षेत्रमा भने विपक्षी सक्रिय भएकाले सचेत बन्नु उचित हुन्छ।

तुला : दिन राम्रो छ। तपाईंको प्रतिभाको प्रशंसा हुनेछ। इज्जत बढ्नेछ। औषधी नियमित नगरे स्वास्थ्यमा भने समस्या हुनेछ। सामाजिक क्षेत्रमा तपाईंको प्रशंसा हुनेछ। परिवारको साथ र सहयोग मिल्ने योग छ।

वृश्चिक : दिन सामान्य छ। परिवारको बोझ थपिँदा मनमा चिन्ता बढ्नेछ। शिक्षा र स्वास्थ्यमा सुधारका संकेत देखिने छन्। राज्यमा सेवाको अवसर मिल्नेछ। प्रेम सम्बन्ध भने सुमधुर बन्नेछ।

धनु : दिन राम्रो छ। परिवारसँग रमाइलो घुलमिल हुनेछ। विपक्षीको विरोध नगर्नु राम्रो हुनेछ। रााजनीतिक क्षेत्रमा सचेत हुनुपर्ने समय छ। शिक्षा र स्वास्थ्यमा सुधार हुनेछ।

मकर : दिन सामान्य छ। काममा अवरोध सिर्जना हुनेछ। तत्काल विदेश यात्रामा नजानु उचित हुन्छ। आफन्तसँग भेट हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्ने योग छ।

कुम्भ : दिन राम्रो छ। धार्मिक व्यक्तिसँग भेट हुनेछ। राज्यको महत्त्वपूर्ण जिम्मेवारीमा रहेका व्यक्तिसँगको भेटले मन शान्त हुनेछ। विरोधी सक्रिय भएकाले हरेक काममा सचेत बन्नुपर्ने देखिन्छ। यात्रा अनावश्यक हुनेछ।

मीन : दिन सामान्य छ। साथीसँग विवाद बढ्नेछ। स्वास्थ्य र शिक्षाले साथ दिनेछ। बोल्नु अगाडि तीन पटक सोच्नु उचित हुन्छ। धार्मिक कार्यमा सहभागी भएर गरेको यात्रा सहज बन्नेछ।

प्रकाशित मिति : ६ श्रावण २०८२, मंगलबार  ५ : १८ बजे

सडक र सञ्जालको डर, ब्यालेटको भर

नेपालको राजनीतिक परिदृश्यमा फागुन २१ को प्रतिनिधिसभा निर्वाचन एउटा ऐतिहासिक

५ हजार ६ सय रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोबार ?

काठमाडौं– नेपाली बजारमा आज सुनको मूल्मा भारी वृद्धि भएको छ

रुपन्देहीमा अनुगमन समितिद्वारा चार बुँदे आचरण जारी

लुम्बिनी– प्रतिनिधिसभा निर्वाचनलाई स्वतन्त्र, स्वच्छ, पारदर्शी, मितव्ययी, भयरहित र विश्वसनीय

बैतडीमा मदिराजन्य पदार्थ बिक्री वितरणमा कडाइ

बैतडी– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै बैतडीमा मदिराजन्य पदार्थ

भरतपुरमा यातायात क्षेत्रलाई थप व्यवस्थित बनाइँदै

चितवन– चितवनको सदरमुकामसमेत रहेको भरतपुर महानगरपालिकामा पर्ने मुख्य बजार क्षेत्रको