राजस्व सङ्कलन ७ प्रतिशत बढीले वृद्धि « Khabarhub

राजस्व सङ्कलन ७ प्रतिशत बढीले वृद्धि


६ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

कैलाली– आन्तरिक राजस्व कार्यालय धनगढीले आर्थिक वर्ष २०८१–०८२ मा दुई अर्ब ८७ करोड ७७ लाख ८८ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ । उक्त रकम आर्थिक वर्ष २०८०–०८१ को तुलनामा ७ दशमलव ४४ प्रतिशतले बढी हो ।

कार्यालयले गत आर्थिक वर्षमा तीन अर्ब ५३ करोड ५८ लाख ५८ हजार रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकोमा लक्ष्यको ८१ दशमलव ३९ प्रतिशत सङ्कलन भएको राजस्व कार्यालयका सूचना अधिकारी छत्रबहादुर माझीले जानकारी दिए ।

गत आवको लक्ष्य बराबरको राजस्व सङ्कलन नभए पनि अघिल्लो आवको तुलनामा बढी सङ्कलन भएको उनले बताए ।

राजस्व कार्यालयले गत आवमा आयकरअन्तर्गत साझेदारी आयकरबाट २६ करोड ७३ लाख आठ हजार, व्यक्तिगत आयकरबाट एक अर्ब २७ करोड ५९ लाख ८१ हजार, अन्तःशुल्क आयकरबाट १६ करोड ४३ लाख ९५ हजार र मूल्य अभिवृद्धि करबाट एक अर्ब ११ करोड चार लाख ४३ हजार राजस्व सङ्कलन गरेको उनले बताए ।

आव २०८०–०८१ मा तीन अर्ब आठ करोड ४१ लाख ४० हजार लक्ष्य लिएकामा दुई अर्ब ६७ करोड ८४ लाख ७५ हजार राजस्व सङ्कलन गरेको थियो । (रासस)

प्रकाशित मिति : ६ श्रावण २०८२, मंगलबार  ८ : ३० बजे

पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ गर्छौँ : गगन थापा

कास्की- नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ

रुसी पूर्वमन्त्री पोपोभलाई भ्रष्टाचार मुद्धामा १९ वर्ष जेल सजाय

मस्को – रुसका पूर्व उप–रक्षामन्त्री पावेल पोपोभलाई भ्रष्टाचार गरेको पुष्टि

आईपीएल : आरसिबीले राजस्थानलाई २०२ रनको लक्ष्य दियो

गुवाहाटी – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत १६औं खेलमा रोयल

पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा

कास्की – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा एकता र

आत्मरक्षाका लागि गोली चलाउँदा गैँडाको मृत्यु

नवलपरासी – चितवन राष्ट्रिय निकुञ्जमा सेनाको गोली लागेर एक वयस्क