एआईको दुरुपयोग न्यूनीकरण गर्न ‘अनलाइन टिभी एआई आचारसंहिता’ जारी « Khabarhub

एआईको दुरुपयोग न्यूनीकरण गर्न ‘अनलाइन टिभी एआई आचारसंहिता’ जारी


६ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एआईको दुरुपयोग न्यूनीकरण गर्न र एआईको समुचित प्रयोगलाई प्रोत्साहन गर्न अनलाइन टिभी पत्रकार संघले ‘अनलाइन टिभी एआई आचारसंहिता २०८२’ सोमबार जारी गरिएको छ ।

नेपालमा पहिलो पटक आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्बन्धी आचारसंहिता जारी गरिएको संघका अध्यक्ष जीवन भण्डारीले जानकारी दिए । घोषणा गरिएका आचार संहितामा १२ बुँदा उल्लेख छन् ।

एआईको प्रयोग अनलाइन टिभीमा अत्यधिक देखिएकाले अनलाइन टिभीकर्मीलाई बेलैमा सचेत र जिम्मेवार बनाउन अनलाइन टिभी एआई आचारसंहिताको आवश्यक भएको अध्यक्ष भण्डारीले बताए ।

संघले जारी गरेको आचारसंहितामा प्रस्तावित राष्ट्रिय एआई नीति–२०८१ का मर्म र उद्देश्यलाई मध्यनजर गर्दै एआई आचारसंहिता जारी गरिएको उल्लेख छ । अनलाइन टिभी पत्रकार संघले यसअघि २०७७ सालमा अनलाइन टिभी स्वनियमन निर्देशिका जारी गरेको थियो ।

प्रकाशित मिति : ६ श्रावण २०८२, मंगलबार  १२ : २८ बजे

रविको ड्राइभर सिटमा बालेन : कसरी हुँदैछ सहकार्य ?

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

तनहुँ जिल्ला प्रशासनबाट तीन महिनामा ४३४ गुनासा फर्स्योट

तनहुँ– जिल्ला प्रशासन कार्यालयले तनहुँले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा

पोखरा महानगरले मुख्य सडक क्षेत्र वरपरका ‘वर्कसप’ हटाउँदै

कास्की– पोखरा महानगरपालिकाले मुख्य सडक किनारमा रहेका वर्कसप, ग्यारेजलगायत संरचना

बाढीले क्षति पुर्‍याएकाे तीनतले झरनालाई पुरानै लयमा फर्काइँदै

काभ्रे– जिल्लाको दक्षिणी क्षेत्रमा अवस्थित बेथानचोक गाउँपालिका–१ च्याम्राङ्गबेँसीमा रहेको तीनतले

एमालेले आज एकैपटक देशभरका पार्टी कमिटीलाई ११औँ महाधिवेशनको सन्देश प्रवाह गर्दै 

काठमाडौं– नेकपा एमालेले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनको सन्देश देशैभर प्रवाह