केराबारी झोलुङ्गे पुलबाट कालीगण्डकी नदीमा खसेका युवाको जीवितै उद्धार « Khabarhub

केराबारी झोलुङ्गे पुलबाट कालीगण्डकी नदीमा खसेका युवाको जीवितै उद्धार


६ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुस्ताङ– यहाँको थासाङ गाउँपालिका–२ स्थित खन्ती–सौरु जोड्ने निर्माणाधीन ‘सस्पेन्सन’ झोलुङ्गे पुलबाट कालीगण्डकी नदीमा खसेका एक युवाको जीवितै उद्धार गरिएको छ । 

थासाङ गाउँपालिका–१ टुकुचे बस्ने २० वर्षीय युवक पेम्बा शेर्पा पुलबाट खसेका थिए । कोवाङ प्रहरी चौकीका सुरक्षाकर्मी र थासाङ गाउँपालिकाको स्वास्थ्य शाखाका कर्मचारीले संयुक्त रूपमा उद्धार गरेको हो । 

सस्पेन्सन ब्रिज डिभिजन कार्यालयले कालीगण्डकी नदीमाथि ५७० मिटर लम्बाइको झोलुङ्गे पुल निर्माण गरिरहेको छ । निर्माणाधीन पुलको दायाँबायाँ तर्फ बार लगाउन बाँकी थियो । 

उक्त पुलबाट सौरु गाउँतर्फ सामान पुर्‍याउने क्रममा अचानक शेर्पा कालीगण्डकी नदीमा खसेको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक विकास खत्रीले जानकारी दिए । 

कालीगण्डकी नदीमा खसेका शेर्पाको जीवितै सकुशल उद्धार गरिए पनि अनुहार र शरीरका विभिन्न भागमा चोटपटक लागेको थासाङ गाउँपालिकाका स्वास्थ्य संयोजक नन्दलाल ढकालले जानकारी दिए । घटनाको सूचना चाँडो प्राप्त भएकाले सकुशल उद्धार गर्न सफल भएको स्वास्थ्य संयोजक ढकालको भनाइ छ ।

घाइते शेर्पालाई उपचारका लागि थासाङ–३ स्थित लेते प्राथमिक स्वास्थ्य केन्द्रमा पठाइएको र त्यहाँबाट थप उपचारका लागि हेलिकोप्टरमार्फत पोखराको मणिपाल शिक्षण अस्पताल पठाउने तयारी भइरहेको जनाएको छ । रासस
 

प्रकाशित मिति : ६ श्रावण २०८२, मंगलबार  १२ : २९ बजे

तनहुँ जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माणले गति लिँदै

तनहुँ- तनहुँको ऋषिङ गाउँपालिका-१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ

दसैँअघि यातायात सञ्चालनयोग्य सडक बनाउन विपद् व्यवस्थापन समितिको निर्देशन

खोटाङ – जिल्ला विपद् व्यववस्थापन समिति खोटाङले दसैँअघि जिल्लाका सबै

ब्राजिलमा लुला र बोल्सोनारोबीच प्रतिस्पर्धा हुने राष्ट्रपतीय चुनावका लागि मतदान

काठमाडौं – ब्राजिलका जनता आइतबार राष्ट्रपति चयनका लागि भएको चुनावमा

हरित क्रान्तिमार्फत समृद्धिको सङ्कल्प पूरा गर्नुपर्छ : घिसिङ

काभ्रे – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले हरित क्रान्तिलाई

२६ तस्बिरमा कांग्रेस महाधिवेशन

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिकका प्रश्न, असहमति