एमाले केन्द्रीय कमिटी बैठक सुरु | Khabarhub Khabarhub

एमाले केन्द्रीय कमिटी बैठक सुरु


६ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय कमिटीको दोस्रो दिनको बैठक सुरु भएको छ । 

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा एमाले केन्द्रीय कार्यालय ललितपुरको च्यासलमा बैठक सुरु भएको एमाले पार्टी प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । 

आजको बैठकमा पार्टीको सचिवालय र पोलिटब्यूरो बैठकद्वारा पारित  उपाध्यक्ष विष्णुप्रसाद पौडेलको विधान संशोधन प्रतिवेदन र महासचिव शङ्कर पोखरेलको सङ्गठनात्मक प्रस्ताव प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले आ–आफ्नो धारणा राख्नेछन् । 

सोमबार बोल्न बाँकी रहेका केन्द्रीय सदस्यहरूले आज प्रतिवेदनमाथि आफ्नो धारणा राख्नेछन् । आज कोशी, बाग्मती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरूले उक्त प्रस्तावमाथि आ–आफ्नो धारणा राख्ने कार्यसूची रहेको प्रचार विभाग प्रमुख गौतमले जानकारी दिए ।

 प्रतिवेदनमाथि धारणा राख्न प्रत्येक केन्द्रीय सदस्यलाई बढीमा तीन मिनेटको समय उपलब्ध गराइएको छ । सोमबार प्रतिवेदनमाथि ४९ केन्द्रीय सदस्यले आफ्नो धारणा राखेका थिए ।  
 

प्रकाशित मिति : ६ श्रावण २०८२, मंगलबार  १२ : ३३ बजे

तीज जोडी फोटो प्रतियोगिताका विजेतालाई पुरस्कार वितरण

काभ्रे– काभ्रेमा तीज जोडी फोटो प्रतियोगिताका विजेताहरूलाई पुरस्कार वितरण गरिएको

कुमारी धनवृद्धि योजनाको शेयर मूल्य समायोजन

काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा कुमारी धनवृद्धि योजनाको शेयर

नारायणी डेभलपमेन्ट बैंकको शेयर मूल्य समायोजन

काठमाडौं– नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा नारायणी डेभलपमेन्ट बैंकको शेयर मूल्य

एशियन लाइफको हकप्रद शेयर बाँडफाँड, साढे ३ लाख कित्ता लिलामीमा जाने  

काठमाडौं– एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रद शेयर भदौ ८

लघुवित्तले २५ प्रतिशतसम्म लाभांश दिन पाउने

काठमाडौं – अब लघुवित्तले २५ प्रतिशतसम्म लाभांश वितरण गर्ने पाउने