भूमिसम्बन्धी विधेयकमा एमालेको एकलौटी स्वीकार्य हुँदैन : डा. महत « Khabarhub

भूमिसम्बन्धी विधेयकमा एमालेको एकलौटी स्वीकार्य हुँदैन : डा. महत


६ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२ मा नेकपा एमालेले एकलौटी गरे स्वीकार्य नहुने चेतावनी दिएका छन् । 

कांग्रेसका संस्थापक नेता बीपी कोइरालाको ४३ औँ स्मृति दिवसको अवसरमा मंगलबार बीपी फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा उनले भूमिसम्बन्धी विधेयक समग्रमा छलफल गरेर निष्कर्षमा पुग्न सकिने प्रष्ट पारे । 

‘भूमि विधेयकमा समग्र छलफलपछि मात्रै निष्कर्षमा पुग्न सकिन्छ,’ प्रवक्ता महतले भने, ‘एकलौटी लाद्ने कुरा स्वीकार्य हुन सक्दैन ।’

उनले संघीय निजामती सेवा विधेयक, २०८० मा व्यवस्था गरिएको ‘कुलिङ पिरियड’मा कांग्रेसले कुनै सम्झौता नगर्ने पनि अडान राखे । 

‘कुलिङ पिरिएड सर्वसम्मत रूपमा समितिबाट अगाडि बढेको हो,’ महतले भने, ‘त्यसमा कांग्रेसले कम्प्रमाइज गर्न सक्दैन । लागू हुनुपर्छ ।’

प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले विधेयकमा सर्वसम्मतले राखेको दुईवर्षे ‘कुलिङ पिरियड’को प्रावधान हटाउन एमालेले राष्ट्रिय सभामा चलखेल गरिरहेको छ ।  

एमालेले राष्ट्रिय सभामा आफ्ना सांसदहरूलाई ‘कुलिङ पिरियड’ हटाउनका लागि सामूहिक संशोधन प्रस्ताव दर्ता गर्न लगाएको छ । एमालेले आइतबार राष्ट्रिय सभामा पार्टीका प्रमुख सचेतक रहेका गोपाल भट्टराईको अगुवाइमा पाँच जना सांसदहरूमार्फत् संशोधन प्रस्ताव दर्ता गराएको हो । 

उनीहरूले विधेयकको दफा ८२ मा ‘प्रतिनिधिसभा राज्यव्यवस्था तथा सुशासन समितिको प्रतिवेदनको बुँदा नम्बर ४ झिक्ने’ संशोधन राखेका छन् ।

 एमालेले गरेको प्रस्तावबाट अवकाशलगत्तै संवैधानिक आयोग, राजदूतका साथै विभिन्न सरकारी नियुक्ति ताकिरहेका सरकारका मुख्यसचिव र सचिवका स्वार्थलाई मलजल पुग्ने देखिन्छ ।

प्रकाशित मिति : ६ श्रावण २०८२, मंगलबार  १२ : ४५ बजे

राष्ट्रहितको रक्षा गर्न क्रान्तिकारी शक्ति एक हुन आवश्यक : माधव नेपाल

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले राष्ट्रहितको

‘विश्व शक्ति चीन र भारततिर सर्दै गर्दा नेपालमा भू–राजनीतिक तानातानी बढ्यो’

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता वर्षमान पुनले नेपाल

रास्वपा केन्द्रीय समिति बैठकमा विधानमाथि छलफल जारी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कमिटी बैठक चितवनको भरतपुरमा बसिरहेको

रास्वपा महाधिवेशनमा गुटगत प्यानल बनाउन निषेध

काठमाडौं- आइतबारदेखि सुरु हुने राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनमा गुटगत

चुरे बस्तीमा बाघ आतंक

महोत्तरी– महोत्तरीको चुरेकाछका बस्तीमा बाघको आतंक बढेको छ । जिल्लाको