बंगलादेशमा विमान दुर्घटना : ज्यान गुमाउनेको सङ्ख्या २७ पुग्यो, २५ जना केटाकेटी « Khabarhub

बंगलादेशमा विमान दुर्घटना : ज्यान गुमाउनेको सङ्ख्या २७ पुग्यो, २५ जना केटाकेटी


६ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


297
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – बंगलादेशमा भएको विमान दुर्घटनामा परी ज्यान गुमाउनेको सङ्ख्या २७ पुगेको छ । राजधानी ढाकाको उत्तरा क्षेत्रमा एउटा विद्यालय भवनमा वायुसेनाको प्रशिक्षण विमान ठोक्किएर दुर्घटना भएको हो ।

बंगलादेशको अनलाइन समाचार पोर्टल ढाका ट्रिब्युनका अनुसार उत्तरा क्षेत्रको माइलस्टोन विद्यालय तथा कलेजको भवनमा ठोक्किएको हो । अधिकारीका अनुसार मृतकमध्ये २५ जना केटाकेटी छन् ।

अर्का एक जना विमान चालक र एक जना शिक्षक रहेको जनाइएको छ । घटनामा परी घाइते भएका अरु ७८ जनाको उपचार भइरहेको छ ।

हालसम्म २० जनाको शव परिवारको जिम्मा लगाइएको छ ।

बंगलादेशी सेनाको अन्तरसेवा जनसम्पर्क निर्देशनालयले दिएको जानकारीअनुसार सोमबार दिउँसो १ बजेर ६ मिनेट जाँदा वायुसेनाको एफटी–७बीजीआई लडाकु विमानले कुर्मितोला हवाई आधारबाट उडान भरेको थियो । उडान भरेको १२ मिनेटपछि उक्त विमान दुईतले विद्यालय भवनमा बजारिएको थियो ।

मेसिनरी समस्याका कारण दुर्घटना भएको प्रारम्भीक जानकारी दिइएको छ ।

सोमबार विमान दुर्घटना भएपछि बंगलादेशको अन्तरिम सरकारले मंगलबार राष्ट्रिय शोक घोषणा गरेको छ । सरकारले मंगलबार सबै सरकारी, अर्धसरकारीे, स्वायत्त संस्था तथा शैक्षिक प्रतिष्ठानमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय समेत गरेको छ ।

प्रकाशित मिति : ६ श्रावण २०८२, मंगलबार  १ : ०२ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया