बंगलादेशमा विमान दुर्घटना : ज्यान गुमाउनेको सङ्ख्या २७ पुग्यो, २५ जना केटाकेटी « Khabarhub

बंगलादेशमा विमान दुर्घटना : ज्यान गुमाउनेको सङ्ख्या २७ पुग्यो, २५ जना केटाकेटी


६ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


297
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – बंगलादेशमा भएको विमान दुर्घटनामा परी ज्यान गुमाउनेको सङ्ख्या २७ पुगेको छ । राजधानी ढाकाको उत्तरा क्षेत्रमा एउटा विद्यालय भवनमा वायुसेनाको प्रशिक्षण विमान ठोक्किएर दुर्घटना भएको हो ।

बंगलादेशको अनलाइन समाचार पोर्टल ढाका ट्रिब्युनका अनुसार उत्तरा क्षेत्रको माइलस्टोन विद्यालय तथा कलेजको भवनमा ठोक्किएको हो । अधिकारीका अनुसार मृतकमध्ये २५ जना केटाकेटी छन् ।

अर्का एक जना विमान चालक र एक जना शिक्षक रहेको जनाइएको छ । घटनामा परी घाइते भएका अरु ७८ जनाको उपचार भइरहेको छ ।

हालसम्म २० जनाको शव परिवारको जिम्मा लगाइएको छ ।

बंगलादेशी सेनाको अन्तरसेवा जनसम्पर्क निर्देशनालयले दिएको जानकारीअनुसार सोमबार दिउँसो १ बजेर ६ मिनेट जाँदा वायुसेनाको एफटी–७बीजीआई लडाकु विमानले कुर्मितोला हवाई आधारबाट उडान भरेको थियो । उडान भरेको १२ मिनेटपछि उक्त विमान दुईतले विद्यालय भवनमा बजारिएको थियो ।

मेसिनरी समस्याका कारण दुर्घटना भएको प्रारम्भीक जानकारी दिइएको छ ।

सोमबार विमान दुर्घटना भएपछि बंगलादेशको अन्तरिम सरकारले मंगलबार राष्ट्रिय शोक घोषणा गरेको छ । सरकारले मंगलबार सबै सरकारी, अर्धसरकारीे, स्वायत्त संस्था तथा शैक्षिक प्रतिष्ठानमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय समेत गरेको छ ।

प्रकाशित मिति : ६ श्रावण २०८२, मंगलबार  १ : ०२ बजे

रवि–बालेन भेटमा के कुरा भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र

केपी ओलीलाई ईश्वर पोखरेलको चेतावनी : पार्टीमा कसैलाई काखा, कसैलाई पाखा नगरियोस्

काठमाडौँ – नेकपा एमालेका नेता ईश्वर पोखरेलले पार्टीमा कसैलाई काखा

यसरी हुँदैछ नेपाल आउने पर्यटकमाथि निगरानी

काठमाडौँ- अध्यागमन विभागले यही पुस १७ गतेदेखि काठमाडौँका तारे होटलहरूमा

हर्क साम्पाङले गरे उपाध्यक्ष मित्र परियारलाई निलम्बन

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अनुशासन उल्लङ्घन

एमालेको मुख्य ध्याय प्रतिनिधि सभा पुनर्स्थापना हो, चाँडै यो सरकार ढल्छ

काठमाडौं । नेकपा एमालेको पदाधिकारीमा निर्वाचित एकमात्र महिला पद्मा अर्याल