निजामती सेवा विधेयकमाथि छलफल गर्न समितिमा पठाइयो « Khabarhub

निजामती सेवा विधेयकमाथि छलफल गर्न समितिमा पठाइयो


६ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


375
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – संघीय निजामती सेवा विधेयकलाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइएको छ ।

मंगलबार बसेको राष्ट्रिय सभा बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त संघीय निजामती सेवा विधेयक २०८० लाई दफावार छलफलका लागि विधायक व्यवस्थापन समिति पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । सभाले उक्त प्रस्तावलाई सर्वसम्मतीले स्वीकृत गरेको हो ।

प्रतिनिधिसभा बैठकबाट सर्वसम्मत पारित भएको उक्त विधेयकमा रहेको कुलिङ अफ पिरियडबारे छेडखानी गरिएको पाइएपछि छानविन गर्न संसदीय समिति गठन समेत गरिएको छ ।

कुलिङ अफ पिरियडलाई राष्ट्रियसभाबाट सच्याउने भनिएपनि एमालेका केही सांसदहरुले कुलिङ पिरियड नै हटाउनुपर्ने संशोधन प्रस्ताव दर्ता गराएका छन् ।

त्यस्तै राष्ट्रियसभाले नेपाल नागरिकता (दोश्रो संशोधन) विधेयक २०८१ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समिति पठाएको छ । राष्ट्रियसभाको अर्को बैठक साउन ११ गते आइतबार बस्ने गरि स्थगित भएको छ । 

प्रकाशित मिति : ६ श्रावण २०८२, मंगलबार  ३ : ४६ बजे

टिपरको ठक्करबाट एक जनाको मृत्यु

पर्सा– टिपरको मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

परराष्ट्रमन्त्रीसँग दक्षिण कोरियाका विदेशमन्त्रीको भेट, भोटेकोशी बाढीबारे छलफल

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल र दक्षिण कोरियाका विदेशमन्त्री चो ह्युनबीच

काठमाडौंमा आयो ८७ हजार ग्यास सिलिन्डर, सार्वजनिक बिदामा ‘रिफिलिङ’ र ढुवानी नियमित गरिने

काठमाडौं– पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएपछि पछिल्ला तीन दिनमा

सरकारको देखाउन गृहमन्त्रीले पनि लिए एआई फोटोको सहारा

काठमाडौं- सरकारको कामको प्रचार गर्न राष्ट्रिय स्वतन्त्र पार्टीका नेता-कार्यकर्ता सामाजिक

भोटेकोशी बाढी : बहुआयामिक चुनौतीका सामु कर्तव्यपथमा जुट्दैछ नेपाल प्रहरी

काठमाडौं– भोटोकोशी बाढीका कारण सिर्जित चुनौतीसँग जुध्न सीमित साधनस्रोतका बाबजुद सम्पूर्ण