अधिकार सम्पन्न बागमती आयोजना बजेट खर्चमा असक्षम, गत वर्षमा जम्मा २४ प्रतिशत खर्च « Khabarhub

अधिकार सम्पन्न बागमती आयोजना बजेट खर्चमा असक्षम, गत वर्षमा जम्मा २४ प्रतिशत खर्च


६ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति बजेट खर्च गर्ने विषयमा असक्षम देखिएको छ । गत आर्थिक वर्ष ०८१-८२ मा सो समितिले विनियोजित बजेटको जम्मा २४ प्रतिशत मात्रै बजेट खर्च गरेको हो ।

गत आर्थिक वर्षमा बागमती सुधार आयोजनाको नाममा समितिले विभिन्न पाँचवटा शीर्षकमा दुई अर्ब ७२ करोड ९७ लाख ९२ हजार रुपैयाँ विनियोजन गरेको थियो । तर, वर्षभरिमा जम्मा ६८ करोड आठ लाख १४ हजार रुपैयाँ मात्रै खर्च गरेको समितिका सूचना अधिकारी उद्धव नेपालले बताएका छन्, जुन कुल खर्च लक्ष्यको २४.९४ प्रतिशत मात्रै हो ।

समितिले बागमती सुधार आयोजना, सिँचाइ युनिट, जल तथा उर्जा आयोगको सचिवालय, बागमती क्षेत्र भौतिक पूर्वाधार विकास आयोजना र जल तथा मौसम विज्ञान विभाग शीर्षकमा एक-एक सय भार अंक रहने गरी बजेट विनियोजन गरेको थियो । 

जसमध्ये गतवर्ष बागमती सुधार आयोजनाको प्रगति १६.६४, सिँचाइ युनिटको प्रगति ३१.६१, जल तथा उर्जा आयोगको सचिवालयको प्रगति शून्य, बागमती क्षेत्र भौतिक पूर्वाधार विकास आयोजनाको प्रगति ६१.८५ र जल तथा मौसम विज्ञान विभागको प्रगति २.४२ रहेको छ । अर्थात् समितिले गत वर्ष लक्षित भार पाँच सय अंकमा मात्रै ११३ अंक बराबरको काम गरेको छ ।

प्रकाशित मिति : ६ श्रावण २०८२, मंगलबार  ५ : १८ बजे

टिपरको ठक्करबाट एक जनाको मृत्यु

पर्सा– टिपरको मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

परराष्ट्रमन्त्रीसँग दक्षिण कोरियाका विदेशमन्त्रीको भेट, भोटेकोशी बाढीबारे छलफल

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल र दक्षिण कोरियाका विदेशमन्त्री चो ह्युनबीच

काठमाडौंमा आयो ८७ हजार ग्यास सिलिन्डर, सार्वजनिक बिदामा ‘रिफिलिङ’ र ढुवानी नियमित गरिने

काठमाडौं– पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएपछि पछिल्ला तीन दिनमा

सरकारको देखाउन गृहमन्त्रीले पनि लिए एआई फोटोको सहारा

काठमाडौं- सरकारको कामको प्रचार गर्न राष्ट्रिय स्वतन्त्र पार्टीका नेता-कार्यकर्ता सामाजिक

भोटेकोशी बाढी : बहुआयामिक चुनौतीका सामु कर्तव्यपथमा जुट्दैछ नेपाल प्रहरी

काठमाडौं– भोटोकोशी बाढीका कारण सिर्जित चुनौतीसँग जुध्न सीमित साधनस्रोतका बाबजुद सम्पूर्ण