‘मानवअधिकार प्रवर्द्धन गर्न सरकार प्रतिबद्ध छ’ « Khabarhub

‘मानवअधिकार प्रवर्द्धन गर्न सरकार प्रतिबद्ध छ’


६ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले मानवअधिकारको प्रवर्द्धन गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रतिनिधिसभा, कानुन न्याय तथा मानवअधिकार समितिको आजको बैठकमा उनले राष्ट्रिय मानवअधिकार आयोगले दिएको सिफारिसलाई सरकारले प्राथमिकताका साथ कार्यान्वयन गर्ने बताए।
 
‘उपलब्ध स्रोत साधनको न्यायोचित प्रयोग गरी मानवअधिकारको कार्यान्वयन गर्दै जानुपर्छ’, मन्त्री चौरसियाले भने, ‘मानव अधिकारसँग सम्बन्धित ऐन कानुनलाई समयानुकूल बनाउने प्रक्रिया अघि बढिरहेको छ । त्यसको कार्यान्वयन पक्षमा सरकारले ध्यान दिएको छ ।’
 
बैठकमा आयोगका अध्यक्ष तपबहादुर मगरले मानवअधिकार कार्यान्वयनको क्षमता अभिवृद्धि गर्दै लैजानुपर्नेमा जोड दिँदै यसमा सरोकारवालाबीच सहकार्य आवश्यक रहेको बताए।
 
सांसद सन्तोष परियारले मानवअधिकारको व्यवहारिक कार्यान्वयन पक्ष निकै कमजोर रहेको अवस्थामा नीति निर्माणमा तहमा रहेका गम्भीर बन्नुपर्नेमा जोड दिए । ‘मानव अधिकारको हनन भएमा नागरिक पुग्ने आयोगमा नै हो, नागरिकको विश्वास जित्ने गरी काम गर्नुपर्छ’, उनले भने ।
 
सांसद शेरबहादुर कुँवरले आयोगको सिफारिस कार्यान्वयन गर्न सरकार प्रतिबद्ध हुनुपर्नेमा जोड दिँदै सिफारिस कार्यान्वयनमा राज्यलाई दबाब दिनुपर्ने बताए। सांसद रञ्जुकुमारी झाले मानवअधिकारको विश्वव्यापी अवस्थाका बारेमा नेपालले पनि धारणा सार्वजनिक गर्नुपर्ने बताइन् ।
 
सांसद सुहाङ नेम्वाङले मध्यवधि समीक्षा प्रतिवेदन कार्यान्वयन गरेर देश र जनताप्रतिको प्रतिबद्धता पूरा गर्नुपर्ने बताए। सांसदहरू प्रतीक्षा तिवारी, नागिना यादव, रामकुमार राईलगायतले मानवअधिकार प्रवर्द्धनमा सरकार र आयोग प्रतिबद्ध हुनुपर्नेमा जोड दिए ।
 

प्रकाशित मिति : ६ श्रावण २०८२, मंगलबार  ५ : २३ बजे

रविले भने, ‘महाधिवेशनमा स्वस्थ प्रतिस्पर्धा हुनुपर्छ’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले महाधिवेशनमा स्वस्थ प्रतिस्पर्धा

राष्ट्रहितको रक्षा गर्न क्रान्तिकारी शक्ति एक हुन आवश्यक : माधव नेपाल

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले राष्ट्रहितको

‘विश्व शक्ति चीन र भारततिर सर्दै गर्दा नेपालमा भू–राजनीतिक तानातानी बढ्यो’

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता वर्षमान पुनले नेपाल

रास्वपा केन्द्रीय समिति बैठकमा विधानमाथि छलफल जारी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कमिटी बैठक चितवनको भरतपुरमा बसिरहेको

रास्वपा महाधिवेशनमा गुटगत प्यानल बनाउन निषेध

काठमाडौं- आइतबारदेखि सुरु हुने राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनमा गुटगत