दुई तिहाइको सरकारले अर्थतन्त्र सुधार्न सकेन : वर्षमान
पूर्व अर्थमन्त्री एवं नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले संसद्का दुई ठूला दल मिलेर बनेको करिब दुई तिहाइ सरकारले एक वर्षमा अर्थतन्त्रको क्षेत्रमा उल्लेख्य सुधार गर्न नसकेको बताएका छन् ।
कृषि विकास बैंक कर्मचारी संगठनद्वारा मंगलबार आयोजित कार्यक्रममा पुनले सरकारले अर्थतन्त्र सुधारका लागि काम नगरेका कारण अर्थतन्त्र चलायमान हुन नसकेको बताए ।

आर्थिक वर्ष ०८२/०८३ को बजेटमार्फत अर्थतन्त्रका चुनौती सामना गर्ने गरी नीति कार्यक्रम नल्याइएको उनको भनाइ थियो । बजेट नियमित र परम्परागत ढर्राबाट ल्याइएकाले सरकारले जतिसुकै दाबी गरे पनि अर्थतन्त्रका सबै सूचकमा उल्लेख्य सुधार हुने संकेत नदेखिएको बताए । तर, नेपाल राष्ट्र बैङ्कले हालै सार्वजनिक गरेको मौद्रिक नीतिले भने केही आशा जगाएको पुनले उल्लेख गरे ।
पुनले बैंक तथा वित्तीय संस्थाको कर्जा प्रवाहमा देखिएको समस्या हटाउन सरकार असफल भएको बताए । हरेक महिना जसो केन्द्रीय बैंकले ५० देखि ६० अर्ब रुपैयाँ बैंकहरुबाट खिच्ने गरेको र लगानी योग्य रकमको मौज्दात ७ खर्ब पुग्नुले बजारको मनोबल उठ्न नसकेको पुनले बताए ।
नेफाले ३१ औँ कार्गो दिवस साउन १३ गते मनाउने
भेरी करिडोरअन्तर्गतका पाँचवटा पुल दुई वर्षभित्र निर्माण गरिने
म्याग्दीको बेनी–पुरुण्डी सडकखण्डमा कालोपत्र
श्रमिकको न्यूनतम पारिश्रमिकमा वृद्धि
अधिकार सम्पन्न बागमती आयोजना बजेट खर्चमा असक्षम, गत वर्षमा जम्मा २४ प्रतिशत खर्च
अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति बजेट खर्च गर्ने विषयमा असक्षम देखिएको छ । गत आर्थिक वर्ष ०८१-८२ मा सो समितिले विनियोजित बजेटको जम्मा २४ प्रतिशत मात्रै बजेट खर्च गरेको हो ।
गत आर्थिक वर्षमा बागमती सुधार आयोजनाको नाममा समितिले विभिन्न पाँचवटा शीर्षकमा दुई अर्ब ७२ करोड ९७ लाख ९२ हजार रुपैयाँ विनियोजन गरेको थियो ।

तर, वर्षभरिमा जम्मा ६८ करोड आठ लाख १४ हजार रुपैयाँ मात्रै खर्च गरेको समितिका सूचना अधिकारी उद्धव नेपालले बताएका छन्, जुन कुल खर्च लक्ष्यको २४.९४ प्रतिशत मात्रै हो ।
समितिले बागमती सुधार आयोजना, सिँचाइ युनिट, जल तथा उर्जा आयोगको सचिवालय, बागमती क्षेत्र भौतिक पूर्वाधार विकास आयोजना र जल तथा मौसम विज्ञान विभाग शीर्षकमा एक-एक सय भार अंक रहने गरी बजेट विनियोजन गरेको थियो ।
शेयर बजारमा उछाल, ८१ अंकले बढ्यो नेप्से
नारायणघाट–बुटवल सडक विस्तार : म्याद थप्ने तयारी
अनारखेतीबाट वर्षमा ५० लाख आम्दानी गर्ने लक्ष्य
गत आर्थिक वर्ष २ खर्ब ७७ अर्ब बढीको निर्यात
गत आर्थिक वर्ष २०८२/८३ मा निर्यात उल्लेख्य वृद्धि भएको छ । एक वर्षको अवधिमा ८१.८० प्रतिशतले निर्यात वृद्धि भएको भन्सार विभागले जानकारी दिएको छ ।

विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार गत आर्थिक वर्षमा २ खर्ब ७७ अर्ब ३ करोड २ लाख २ हजार रुपैयाँ बराबरको निर्यात भएको छ । अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा भने १ खर्ब ५२ अर्ब ३८ करोड १२ लाख ४४ हजार रुपैयाँ बराबरको निर्यात भएको थियो ।
गएको एक वर्षको अवधिमा वैदेशिक व्यापार २० खर्ब ८१ अर्ब १५ करोड २९ लाख ३३ हजार रुपैयाँको पुगेको छ । जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा नेपालको १९.२४ प्रतिशतले धेरै हो ।
अघिल्लो आर्थिक वर्षमा वैदेशिक व्यापार १७ खर्ब ४५ अर्ब ३६ करोड ६७ लाख ७२ हजार रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको थियो ।
राजस्व सङ्कलन ७ प्रतिशत बढीले वृद्धि
प्रतिक्रिया