झपट रावलको प्रस्ताव : प्रत्यक्ष कार्यकारी प्रमुखका लागि संविधान संशोधन गरौँ « Khabarhub

झपट रावलको प्रस्ताव : प्रत्यक्ष कार्यकारी प्रमुखका लागि संविधान संशोधन गरौँ


६ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेको जारी केन्द्रीय कमिटी बैठकमा नेता झपट रावलले संविधान र प्रदेश व्यवस्थासम्बन्धी दुई ठूला सुधारका सुझाव राखेका छन् ।

मंगलबारको बैठकमा बोल्ने क्रममा उनले पार्टी नेतृत्वलाई यसबारेमा तत्काल कदम चाल्न आग्रह गरेका छन्।

रावलले बहुमतीय सरकार गठनका नाममा बारम्बार देखिएको अस्थिरता अन्त्य गर्न ‘प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख’को मोडल संविधानमै समेट्नुपर्ने प्रस्ताव गरेका छन् ।

उनले प्रदेश सरकारहरूबारे ‘पैसा झोलामा लिएर आऊ, योजना बोरामा लिएर जाऊ’ भनेर बदनाम भइरहेको बाए । यसले गर्दा प्रदेशको बदनाम भएको उल्लेख गर्दै उनले प्रदेश सभाको संरचना र खर्च प्रणाली गम्भीर रूपमा पुनरवलोकन गर्न माग गरे।

‘प्रदेशहरू बिचौलिया र भ्रष्टाचारको अखडा बन्न थाले; समीक्षा नगरे यो संरचनाको कुनै अर्थ हुँदैन,’ उनले थपे ।

रावलले केन्द्रीय सरकारकै कतिपय मन्त्रीहरूको आचरणले पार्टीको छवि धुमिल भएको आरोप लगाए ।

‘पार्टी बदनाम भइसक्यो, तर नेतृत्वले उचित निर्णय लिन ढिला गरिरहेको छ,’ उनले चेतावनी दिँदै भने ।

प्रकाशित मिति : ६ श्रावण २०८२, मंगलबार  ६ : १९ बजे

चिकित्सकमाथि आक्रमणको विरोधमा काठमाडौंमा प्रदर्शन, सेवा ठप्प

काठमाडौं– नारायणी अस्पतालमा चिकित्सकमाथि भएको हातपातको घटनाको विरोध गर्दै चिकित्सकहरूले

सेना र प्रहरी उतारेर सुनसरीको तनाव साम्य हुन सक्दैन : सीके राउत (अन्तर्वार्ता) 

जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउत (सीके) सुनसरीको देवानगञ्जमा भएको

विजयले सके ‘सिन्दुरे जात्रा’को सुटिङ, बीचमा भएका थिए घाइते

काठमाडौं – नायक विजय बरालले फिल्म ‘सिन्दुरे जात्रा’को सुटिङ पूरा

उत्पादन वृद्धि र नयाँ लगानीमा सरकारले जोड दिएको छ : अर्थमन्त्री वाग्ले

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उत्पादन क्षमतामा बृद्धि, व्यवसाय विस्तार

रास्वपा केन्द्रीय समिति बैठक जारी, महाधिवेशनको समीक्षादेखि आगामी अभियानबारे छलफल हुँदै

काठमाडौं– रास्वपा केन्द्रीय समिति बैठक पार्टी कार्यालयमा सुरु भएको छ ।