अपाङ्गता भएका चिनियाँ बालबालिकाको शिक्षामा उल्लेखनीय प्रगति « Khabarhub

अपाङ्गता भएका चिनियाँ बालबालिकाको शिक्षामा उल्लेखनीय प्रगति


६ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – चीनमा अपाङ्गता भएका बालबालिका र किशोरकिशोरीहरूको अनिवार्य शिक्षामा समावेशीकरण उल्लेखनीय रूपमा सुधारिएको छ ।

हालै सार्वजनिक गरिएको तथ्याङ्कअनुसार, यस्ता बालबालिकाहरूको अनिवार्य शिक्षामा भर्ना दर ९७ प्रतिशत पुगेको छ । साथै, प्रत्येक वर्ष करिब ३० हजार जना अपाङ्गता भएका विद्यार्थी विश्वविद्यालयमा प्रवेश गरिरहेका छन् ।

यो जानकारी चीन अपाङ्गता भएका व्यक्तिहरूको महासंघका अध्यक्ष छेङ खाइले राज्य परिषद् सूचना कार्यालयद्वारा आयोजित पत्रकार सम्मेलनमा दिएका हुन्‌ ।

खाइका अनुसार, अपाङ्गता भएका व्यक्तिहरूका लागि चीनको शैक्षिक प्रणाली निरन्तर सुधार हुँदै गएको छ । हाल देशभर माध्यमिक तहका व्यवसायिक विद्यालयहरूमा करिब ७५ हजार ८०० विद्यार्थी अध्ययनरत छन् भने ५९ हजार ८०० जना नियमित माध्यमिक विद्यालयहरूमा अध्ययन गरिरहेका छन् ।

संघकी उपाध्यक्ष ली डोङमेईका अनुसार, यस्ता विद्यार्थीहरूलाई शिक्षामा पहुँच सजिलो बनाउने उद्देश्यले सरकारद्वारा विविध पहलहरू सञ्चालनमा ल्याइएको छ ।

विद्यालयमा आवश्यक सहायक उपकरण उपलब्ध गराउने विशेष अभियान सञ्चालन गरिएको छ, जसबाट करिब एक लाख विद्यार्थीहरू लाभान्वित भएका छन् । साथै, विशेष विद्यालयका लागि मानकीकृत पाठ्यपुस्तक विकास गरिएको छ ।

यसका अतिरिक्त, श्रवणमा समस्या भएका विद्यार्थीहरूका लागि नौ विषयमा सांकेतिक भाषाको पाठ्यपुस्तक समेत तयार पारिएको छ ।

आर्थिक पक्षलाई ध्यानमा राख्दै, सन् २०२५ मा अनिवार्य शिक्षामा रहेका अपाङ्गता भएका विद्यार्थीहरूलाई सरकारद्वारा प्रति विद्यार्थी वार्षिक सात हजार युआन ९झण्डै ९८० अमेरिकी डलर० भन्दा बढी अनुदान प्रदान गरिएको छ ।

त्यस्तै, आर्थिक रूपमा कमजोर परिवारका अपाङ्गता भएका बालबालिकाहरूलाई प्राथमिक विद्यालयदेखि उच्च माध्यमिक तहसम्म १२ वर्षसम्म पूर्ण रूपमा निःशुल्क शिक्षाको सुविधा प्रदान गरिएको छ ।

यी विविध कदमले अपाङ्गता भएका बालबालिकाहरूको शिक्षामा समावेशीता र पहुँचलाई अझ सुदृढ बनाएको देखिन्छ ।

प्रकाशित मिति : ६ श्रावण २०८२, मंगलबार  ८ : १४ बजे

कांग्रेसको क्षेत्रीय अधिवेशनको मिति परिवर्तन

बागमती – भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५

प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित

गण्डकी – निरन्तरको वर्षाका कारण पोखरा अन्तरराष्ट्रिय विमानस्थबाट हुने आन्तरिक

सल्यानका ८८ जनामा स्क्रबटाइफस सङ्क्रमण

कर्णाली – सल्यान जिल्लाका तीन स्थानीय तहका ८८ जनामा स्क्रबटाइफसको

सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो

सिक्किम – पश्चिम सिक्किमको युक्सोम–ताशिदिङ निर्वाचन क्षेत्रअन्तर्गत रिम्बी गाउँमा लगातार

प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग

काठमाडौं – झारखण्ड गोरखा समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा