बलोचिस्तानमा भएको बम विष्फोटमा सेनाका मेजर मारिए « Khabarhub

बलोचिस्तानमा भएको बम विष्फोटमा सेनाका मेजर मारिए


६ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पाकिस्तानको बलोचिस्तान प्रान्तमा भएको बम विष्फोटनमा परी पाकिस्तानी सेनाका मेजरको ज्यान गएको छ । बलोचिस्तान प्रान्तको राजधानी क्वेटा शहरमा भएको बम विष्फोटमा कार्यक्षेत्रमा खटिएका सेनाका मेजर अनवर ककरको ज्यान गएको हो ।

उनी पाकिस्तानी सेनाको १२ औँ कोरमा आबद्ध रहेको बलोचिस्तान पोस्टले जनाएको छ । समाचरमा जनाइएअनुसार उनी चढेको सवारीलाई लक्षित गरी चुम्बकीय बम विष्फोट भएको थियो ।

उनी बलोचिस्तानकै पिशिन जिल्लाका बासिन्दा रहेको जनाइएको छ । उनी विगत एक दशकभन्दा लामो समयदेखि पाकिस्तानी सेनामा सेवा गरेका थिए ।

बलोचिस्तानमा पृथकतावादी सशस्त्र आन्दोलन चलाइरहेको बलोचिस्तान लिबरेसन आर्मी बीएलएले घटनाको जिम्मा लिएको छ । उक्त समूहले स्पेसल ट्याक्टिकल अपरेशन स्क्वाडले गरेको कारवाहीमा मेजर ककरको ज्यान गएको दाबी गरेको छ ।

प्रकाशित मिति : ६ श्रावण २०८२, मंगलबार  ८ : ५६ बजे

मोबाइलको कभर र सिसा फेर्दा ३५० तिरेका पुडासैनीलाई १० लाखको बम्पर उपहार

काठमाडौँ । करदाता प्रोत्साहन पुरस्कार अन्तर्गत साउन महिनाको दोस्रो बम्पर

राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त

काठमाडौँ । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त

गोरखामा चट्याङ लागेर दुईजना घाइते

काठमाडौँ । चट्याङ लागेर बुधबार गोरखामा दुईजना घाइते भएका छन्

आशिका तामाङले भनिन् : अबदेखि भद्र र मर्यादित बन्ने कोसिस गर्छु

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले अबदेखि

सरकारी निकायमा स्वदेशी वस्तुको प्रयोग गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशन तथा स्वदेशी उद्यमी र