बलोचिस्तानमा भएको बम विष्फोटमा सेनाका मेजर मारिए « Khabarhub

बलोचिस्तानमा भएको बम विष्फोटमा सेनाका मेजर मारिए


६ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पाकिस्तानको बलोचिस्तान प्रान्तमा भएको बम विष्फोटनमा परी पाकिस्तानी सेनाका मेजरको ज्यान गएको छ । बलोचिस्तान प्रान्तको राजधानी क्वेटा शहरमा भएको बम विष्फोटमा कार्यक्षेत्रमा खटिएका सेनाका मेजर अनवर ककरको ज्यान गएको हो ।

उनी पाकिस्तानी सेनाको १२ औँ कोरमा आबद्ध रहेको बलोचिस्तान पोस्टले जनाएको छ । समाचरमा जनाइएअनुसार उनी चढेको सवारीलाई लक्षित गरी चुम्बकीय बम विष्फोट भएको थियो ।

उनी बलोचिस्तानकै पिशिन जिल्लाका बासिन्दा रहेको जनाइएको छ । उनी विगत एक दशकभन्दा लामो समयदेखि पाकिस्तानी सेनामा सेवा गरेका थिए ।

बलोचिस्तानमा पृथकतावादी सशस्त्र आन्दोलन चलाइरहेको बलोचिस्तान लिबरेसन आर्मी बीएलएले घटनाको जिम्मा लिएको छ । उक्त समूहले स्पेसल ट्याक्टिकल अपरेशन स्क्वाडले गरेको कारवाहीमा मेजर ककरको ज्यान गएको दाबी गरेको छ ।

प्रकाशित मिति : ६ श्रावण २०८२, मंगलबार  ८ : ५६ बजे

रवि–बालेन भेटमा के कुरा भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र

केपी ओलीलाई ईश्वर पोखरेलको चेतावनी : पार्टीमा कसैलाई काखा, कसैलाई पाखा नगरियोस्

काठमाडौँ – नेकपा एमालेका नेता ईश्वर पोखरेलले पार्टीमा कसैलाई काखा

यसरी हुँदैछ नेपाल आउने पर्यटकमाथि निगरानी

काठमाडौँ- अध्यागमन विभागले यही पुस १७ गतेदेखि काठमाडौँका तारे होटलहरूमा

हर्क साम्पाङले गरे उपाध्यक्ष मित्र परियारलाई निलम्बन

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अनुशासन उल्लङ्घन

एमालेको मुख्य ध्याय प्रतिनिधि सभा पुनर्स्थापना हो, चाँडै यो सरकार ढल्छ

काठमाडौं । नेकपा एमालेको पदाधिकारीमा निर्वाचित एकमात्र महिला पद्मा अर्याल